१५ बैशाख २०८१, शनिबार
Tags

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान कार्यक्रम रानीमा

रणभूमी बुधबार, मंसिर २२, २०७८

विराटनगर / मंसिर २२, “घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं” भन्ने राष्ट्रिय नाराकाे साथमा आयोजना गरिएको १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र,रानि र आफन्त नेपालको संयुक्त आयोजनामा र ईलाका प्रहरी कार्यालय,रानी र कोसिस राष्ट्रिय मानसिक स्वास्थ स्वाबलम्बन संगठन काे समन्वय/सहकार्यमा मनोसामाजिक समस्या/अपाङ्गता विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरियको छ।

जस कार्यक्रममा ईलाका प्रहरी कार्यालय ,रानीका प्रहरी निरीक्षक प्रकाश राउतको प्रमुख आतिथ्यमा गरिएको थियो र लैङ्गिक हिंसा विरुद्धको कार्यक्रमा महिला तथा बालबालिका हरुको समस्या समाधान र अपाङ्गता भएका व्यक्तिहरूको विषयमा जान्नु पर्ने कुराहरु ,राज्य बाट पाउने सेवा सुविधाको बिषयमा प्रकाश पार्दै प्रक्रिया र प्रावधानहरुको बारेमा कोशिश नेपालको परियोजना संयोजक राजेन्द्र कुमार यादवले सर्वसाधारण महिलाहरुलाई जा गरुक पार्नुभएको थियोे ।

कार्यक्रमा मनोविमर्शकर्ता रिता दहालले मनोसामाजिक समस्याको विषयमा सहजीकरण गर्नुभएको थियो ।जसमा आफन्त नेपाल बिराटनगर प्रमुख सुनिता सापकोटा,स्थानीय महिला,किशोरीहरु, सामुदयिक प्रहरी सेवा केन्द्र रानी का अध्यक्ष किशोर सुब्बा लगायत ७० जनाको उपस्थितिमा कार्यक्रम समापन गरिएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्