०६ चैत्र २०८०, मंगलबार
Tags

मानव कंकालको तस्करी – रानीको मुख्य नाका बाट हड्डी सहित गाडी नियनत्रणमा

रणभूमी मंगलबार, आश्विन १९, २०७८

बिराटनगर / असाेज १९, बिराटनगर भन्सार कार्यालयकाे दुई नम्बर ढाट नजिक बाट हिजो राती करिब ८ बजेको समयमा मान्छेको हात खुट्टाको नली हड्डी जस्तो देखिने वस्तु र मानिसको टाउको को खप्पर जस्तो देखिने हड्डीहरु सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

भारतकाे जोगवनी बाट नेपाल आउने क्रममा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रानी बाट खटिएको सप्रनानी को कमान्डमा खटेको ड्युटी टोलीले को १ च ९६४८ नम्बरको मारुती भ्यानलाई चेकजाँच गर्न रोक्न खोज्दा चालक गाडी छोडी फरार भएको थियो ।
सशस्त्र प्रहरिले उक्त गाडी चेकजाँच गर्ने क्रममा कागजहरुमा बेरिएको बस्तु ज्याँदै दुर्गन्धित भएको र उक्त बस्तुहरू झट्ट हेर्दा कछुवाको खपटा र कुनै जङ्गली जनावरको खुट्टाको हड्डी जस्तै देखिन्थ्यो । बरामद वस्तु सशस्त्र प्रहरीले गाडी सहित नियन्त्रणमा लिएको थियो ।

आज बिहान सबडिभिजन बन कार्यलय मोरङ्ग, नंबर ३ गण का गणपति सप्रउ तिर्थ पौडेलले समन्वय गरेका थिए ।

वन कार्यालय बाट आएका बन अधिकृत र रानी हेल्थ डेस्कका मेडिकल अधिकृत कमल किशोर यादव लगायतका विज्ञले उक्त बस्तीहरू निरिक्षण गरेपछी मानव खप्पर को हड्डी २८ वटा र मानवकै हाथ खुट्टाको नली हड्डी १० वटा भएको सम्भाव्यता रहयो ।

सशस्त्र का प्रहरी उपरीक्षक , नेपाल प्रहरीका प्रहरी उपरीक्षक र रा.अ.वि.को प्रतिनिधि समेतको टोली बिओपी रानीमा आएर निरिक्षण गरेपछी मानवकै हड्डी जस्तो देखिने र विधिविज्ञान प्रयोगशालामा परीक्षण पश्चात मात्र तथ्य थहा हुने हुनाले थप अनुसन्धान तथा आबश्यक कार्वाहीको लागि आजै इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्