१५ बैशाख २०८१, शनिबार
Tags

दुर्घट्ना न्यूनीकरण गर्न सवारीसाधनमा रिफ्लेक्टर टाँस्दै ट्राफिक प्रहरी पोस्ट रानीको ट्राफिक प्रहरी

रणभूमी डेस्क सोमबार, पुष २३, २०८०

विराटनगर / जाडोको मौसममा हुस्सु को कारणले गर्दा टाढाबाट आउने वा नजिकै आईसके पछि पनि गाडिहरु नदेखिने हुनाले त्यस्तो अवस्थामा दुर्घटना को जोखिम कम गर्न ट्राफिक प्रहरी पोस्ट रानी ले गाडीहरुमा पहेंलो रंगको रिफ्लेक्टर स्टिकर टेप लगाउने कार्य सुरु गरेको छ ।

ट्राफिक प्रहरीले बेला बेलामा गर्ने जनचेतना मुलक कार्यक्रम अन्तर्गत ट्राफिक प्रहरी पोस्ट रानीले ट्रयाक्टर, अटो, ट्यम्पो, सिटी सफारी जस्ता सवारीसाधन जसमा पछाडि को इन्डिकेटर, ब्रेक लाईट नहुने, काम बल्ने भएको हुनाले त्यस्तो सवारीसाधनको कारणले यस्तो मौसममा दुर्घटना हुने सम्भावना काम गर्न त्यस्ता सवारी साधन, गाडिहरु लक्षित गरी ट्राफिक प्रहरी पोस्ट रानी प्रमुख प्रहरी नायब निरीक्षक राजकुमार बस्नेतले बिहानै देखि ट्राफिक प्रहरी जवान अर्जुन यादवलाई साथमा लिई थोरै उल्यलो पर्दा चम्किने रिफ्लेक्टर स्टिकर लगाउन लागेको हो । यसले धेरै हद सम्म हुस्सु कुहिरो लागेको बखत वा रातिको समयमा दुर्घटना न्यूनीकरण गर्न मदत पुग्छ ।

ट्राफिक प्रहरी पोस्ट रानी प्रमुख बस्नेत को अगुवाइमा रानी एरियामा ट्राफिक व्यवस्थापन सम्बन्धी जनचेतना मुलक कार्यक्रमहरु केरमेट भएका नम्बर पुनर्लेखन रिफ्लेक्टर स्टिकर लगायतका अभियानहरू सञ्चालान गर्दै आईरहनुभएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्