१५ बैशाख २०८१, शनिबार
Tags

श्रोत नखुलेको १६ लाख रुपैयाँ सहित एकजनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा

रणभूमी डेस्क मंगलबार, पुष ०३, २०८०

विराटनगर / सशस्त्र प्रहरीले एकजना मानिसले शरीरको विभिन्न भागमा लुकाई राखेको श्रोत नखुलेको १६ लाख १० हजार रुपैयाँ सहित मानिसलाई पक्राउ गरेकाे छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीबाट सशस्त्र प्रहरी निरीक्षक अमृत कुमार वि.क. को कमाण्डमा खटेको ७ जनाको गस्ती टोलीले विराटनगर महानगर पालिका को वडा नं ७ स्थित जिल्ला प्रसाशन कार्यालय नजिकै बाट विराटनगर -१५ बस्ने वर्ष ४२ को लक्ष्मण साह को शरीरमा विभिन्न भागमा लुकाई ल्याएको रकम सहित पक्राउ गरी नियन्त्रणमा लिएको हो ।

लक्ष्मण साह ले भारत को जोगवनीबाट को.१ प.४४३४ नं को मोटरसाइकलमा हुन्डी को रुपैयाँ अवैध रुपमा नेपाल ल्याइरहेको सूचनाको आधारमा साहलाई पक्राउ गरेको थियो ।

सशस्त्र प्रहरीले प्राप्त गरेको सूचनाको आधारमा साहलाई चेक जाँच गर्दा सोही अनुसार भेटिएको हुनाले सीमा सुरक्षा गुल्म रानीबाट थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको सशस्त्र प्रहरीले जनाएको छ ।

पछिल्लो समय हुन्डी कारोबारीहरुले खुला सिमानाको फायदा उठाउँदै नयाँ तरिकाहरू अपनाउन थालेपछि सुरक्षा निकायले निगरानी बढाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्