१३ बैशाख २०८१, बिहिबार
Tags

राप्रपा मोरङको अध्यक्षमा आचार्य निर्वाचित

रणभूमी बुधबार, भाद्र ३०, २०७८

विराटनगर / भदौ ३०, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) मोरङको एकता अधिवेशनले माधवप्रसाद आचार्यलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

विराटनगरमा सम्पन्न भएको निर्वाचनमा आचार्यले ३६३ मत ल्याई विजयी हुनु भएको छ भने अर्का प्रत्यासी श्याम कार्की १०० मत पाउनु भएको थियो ।

उक्त निर्वाचनमा अन्य ३९ जना सदस्य निर्विरोध निर्वाचित हुनु भएको राप्रपाका तराई मधेश प्रमुख दिनेश शाहले जानकारी दिनु भयो ।
राप्रपा मोरङको यहाँ सम्पन्न जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

यहाँ कमेन्ट गर्नुहोस्