२० मंसिर २०७९, मंगलबार
Tags

भोली देखी भारतीय निजी सवारी साधन नेपाल प्रवेश हुने

राजेश कुमार शर्मा बिहिबार, आश्विन १४, २०७८

काठमाण्डौ / असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिमाना खोल्ने निर्णय भोलीदेखि कार्यन्वयवनमा आउने भएको छ । नाकाबाट आवतजावत भइरहेपनि औपचारिक रुपमा नाका मन्त्रिपरिषद्को बैठकले खोल्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयले यसअघि नै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेपनि समन्वयको अभावमा अर्थ मन्त्रालयबाट भन्सार कार्यालयमा परिपत्र नगर्दा निर्णय कार्यन्वयन हुन सकेको थिएन ।

मन्त्रिपरिषद्को बैठकले नै निर्णय गरेपनि सम्बन्धित सरोकारवालाको समन्वय अभावका कारण हालसम्म पनि निर्णय कार्यन्वयन हुन सकेको छैन । यता पर्सा भन्सारका प्रमुखले पनि परिपत्र आएसँगै भोलीबाट सिमाना आवातजावतमा सहजिकरण गर्छाै भनेर आश्वासन दिनुभएको छ ।’

भारतीय निजी सवारी साधन नेपाल प्रवेश भएसँगै पहिलो सवारीलाई फूलमाला लगाएर स्वागत गर्ने होटल तथा पर्यटन व्यवसायी संघले तयारी गरेको हरीपन्तले बताए । पहिलो सवारीमा आउनेहरुलाई फूलमाला लगाएर स्वागत गर्ने होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरी पन्तको भनाई छ ।

यहाँ कमेन्ट गर्नुहोस्