०८ बैशाख २०८१, शनिबार
Tags

जंगली हात्तीले बेपत्ता बनाएकी महिला सेति खोलाको पैनीमा मृत अबस्थामा फेला

रणभूमी शुक्रबार, आश्विन १५, २०७८

झापा / असोज १५, झापाको भद्रपुर नगरपालिका १० देउनिया स्थितमा जंगली हात्तीले सुडले च्यापेर बेपता बनाएकी महिला मृत अबस्थामा फेला परेको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका ८ नेपाल चोक की ५० बर्षीया लतुमाई मर्डी रहेकी छन् ।
हिजो दिउसो १२ बजे श्रीमान संग निगुरो टिपिरहेको अवस्थामा जंगली हात्ती आई सुडले च्यापेर लगेको थियो । मृतकको श्रीमानले घटनाको जानकारी गराए लगतै अस्थाई प्रहरी चौकी गरामनीबाट प्रहरी टोली, नेपाली सेना, सशस्त्र प्रहरी बल खटि गई स्थानियबासीको सहयोगमा खोजी गरेका थिए । खोजतलास गर्ने क्रममा हिजो बेलुका ५ बजे सोही वनको सेति खोलाको पैनीमा मृत अबस्थामा फेला परेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्