१५ बैशाख २०८१, शनिबार
Tags

कबाडी पसलबाट २५ लाख बराबरको अवैध आतिषबाजि, पटका बरामद

रणभूमी आइतबार, आश्विन १७, २०७८

काठमाण्डौ / असाेज १७, अबैध रुपमा पटका, आतिषबाजि जन्य पर्दाथको भण्डारण गर्ने कार्यमा संलग्न ब्यक्ति सहित ठुलो परिमणमा पटकाहरु अपराध महाशाखाको टोलिले पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

बिजयादशमी तथा दिपावलीलाई लक्षित गरी बिभिन्न मितिमा उपत्यका बाहिरबाट गैरकानुनी रुपमा लुकाई छुपाई पटाका, भुईचम्पा लगायतका आतिषबाजि जन्य बिस्फोटक पदार्थहरु भण्डारण गरी राखेको गोप्य सुचनाको आधारमा अपराध अनुसन्धान महासाखा बाट निग्रनीको लागी परिचालन गरिएको टोलीले पटका सहित मानिस पक्राउ गरेको हो ।

बरामद भएकोे पटकाहरुमा गमला पटका १ बोराको – २५ के.जी, स्पेशल फ्लावरकोन पटका ११ वटा कार्टुनको – ४२० के.जी, हाईड्रो फोईल्स पटका ३ वटा कार्टुनको – ५४ के.जी, स्पाइनर पटका ४ कार्टुनको – ९६ के.जी, हाईड्रो बम पटका ३ कार्टुनको -७५ के.जी र बिभिन्न किसिमको पटका मिसिएको बोरा ६ वटाको -१२० के.जी सहित सर्लाही जिल्ला रामनगर गा.पा वडा नं. १ निवासी हाल काठमाण्डौं कागेश्वरी मनहरा न.पा वडा नं ८ गोठाटार जलबिनायक चोक बस्ने वर्ष ३० को कामेश्वर प्रसाद यादवलाई पक्राउ गरको हो ।

यादवले कबाडी पसलको गोदाममा पटकाहरु भण्डारण गरी राखेको थियो । बरामद भएकोे पटकाको अन्दाजी मुल्य २५ लाख बराबरको रहेको प्रहरीले बताएको छ । पक्राउ परेका यादव विरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेच ७ को बिस्फोटक पदार्थ सम्बन्धि कसुर अन्तर्गतको मुद्धामा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौ पठाईएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्