०८ बैशाख २०८१, शनिबार
Tags

शिक्षक अभिभावक संघको पूर्व अध्यक्षको कुटाई बाट विद्यार्थीको टाउको फुटेपछि

छत्र बहादुर राजबंशी बुधबार, आश्विन २०, २०७८

रंगेली / असाेज २०, सुनवर्षी नगरपालीका ८ स्थित एक विद्यालयमा सोही विद्यालयका शिक्षक अभिभावक संघको पूर्व अध्यक्षले कक्षा ४ मा पढ्ने एक विद्यार्थीलाई कुटेर टाउको फुटाई दिएका छन् ।

सुनवर्षी-८ स्थित हरिश्चन्द्र गढी आधारभूत बिद्यालयमा मंगलवार विहान सवा १० बजेको समयमा कक्षा सञ्चालन हुने बेलामा कक्षा ४ र कक्षा ५ मा पढ्ने दुई विद्यार्थी बिच सामान्य झगडा भएको थियो । त्यही झगडाको बिषयमा जानकारी पाएर बिद्यालय पुगेका शिक्षक अभिभावक संघको पूर्व अध्यक्ष तथा झगडा भएका कक्षा ५ मा पढ्ने विद्या्थीका अभिभावक समेत रहेका मो. मोलिम मियाँले कक्षा ४ मा पढ्ने ११ वर्षिय बालक मदन कुमार मण्डललाई कुटेर टाउको फुटाएको हो ।

मोलिम मियाँले मदनलाई कुटेपछि घटनाको बारेमा थाहा पाएका मदनको बुवा देविन प्रसाद मण्डलले जिल्ला अस्पतल रंगेलीमा लागि उपचार गराएको बताउँछन् । उपचारको क्रममा बालक मदन को टाउकोमा २ वटा टाचा समेत लागेको छ । अहीले बालको उपचार सबै बालका बुवा देविन मण्डलले बताए ।

विद्यार्थीका अभिभावक तथा शिक्षक अभिभावक संघको पूर्व अध्यक्ष मियाँले सार्वजनिक रुपमा मदनको बुवा सँग माफी माग्ने र उपचार खर्च व्योर्ने कुरा विद्यालयमा छलफल भएको बिद्यालय का प्रअ मो. जमालुदिन मियाँले बताएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्