१२ बैशाख २०८१, बुधबार
Tags

जसपाको सुज अभियान रंगेलीमा, कार्यक्रममा हजारौंको संख्यामा कार्यकर्ता सहभागि

रणभूमी शनिबार, आश्विन २३, २०७८

रंगेली / असाेज २३, जनता समाजवादी पार्टी नेपालको रंगेली नगर समितिले दशैं तिहार र छठ पर्वको शुभकामना आदानप्रदान तथा संगठन सुदृढीकरणका तथा जनजागरण अभियान आयोजना गरेका छन् ।

जसपा नेपालको केन्द्रीय सदस्य तथा प्रदेश सांसद माननीय जयराम यादवको प्रमुख आतिथ्यमा रंगेलीमा आयोजना गरिएको सुज अभियानमा रंगेली नगरपालिका अन्तर्गतका वडाहरुबाट हजार बढीको संख्यामा महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा पार्टीको केन्द्रिय सदस्य सन्जय सिंह, जिल्ला अध्यक्ष राजकुमार यादव, जिल्ला सदस्य विमला साह, शिशुपाल यादव, नगर अध्यक्ष पन्नालाल मण्डल, रंगेली नगरपालिका-६ का वडा अध्यक्ष रुपेश कुमार मण्डल, वडा नं. ४ का अध्यक्ष भूपेन्द्र प्रसाद मण्डल, वडा सदस्यहरू लक्षमन साह, गिन्नी देवी मण्डल, बुधनी देवी सरदार, गोबिन्द मण्डल देवी, प्रसाद मण्डल र आभा मण्डल लगायतको उपस्थिति रहेको कार्यक्रमको सभापति पार्टीको रंगेली अध्यक्ष भुवनेश्वर मण्डलले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्