०१ आश्विन २०८१, मंगलबार
Tags

गोली लागी बैँकको सुरक्षा गार्ड घाईते, कर्सियामा बैंक लुट्न खोज्ने ३ जना पक्राउ

छत्र बहादुर राजबंशी सोमबार, आश्विन २५, २०७८

रंगेली / असोज २५, अाज दिउँसो सिटिजन बैंकको कर्सिया शाखामा रकम लुट्ने उद्देश्यले छिरेका लुटेराहरुलाई सुरक्षागार्डले रोक्न खोजेका थिए । बैंक भित्र प्रवेश गर्न नदिएपछि उनीहरुले बैंकका एक जना सुरक्षा गार्ड माथि गोलि प्रहार गरेका छन् ।

धनपालथान गाउँपालिकास्थित कर्सियामा लुटाराहरुको समुहले बैंक लुट्ने प्रयास गरेको छ । लुटेराको एउटा समुहले कर्सिया बजारस्थित सिटिजन बैंकको शाखामा रकम लुट्ने असफल प्रयास गरेको हो ।

गोलि प्रहारबाट गम्भिर घाइते भएका सुरक्षा गार्डको विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । लुटेराहरुले गार्डलाई गोलि प्रहार गरेपछि हो हल्ला भएर फरार भएका थिए ।

धनपालथान गाउँपालिकाको कर्सियामा पेस्तोल देखाई बैंक लुट्न खोज्ने समुहको तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दुई जना भारतीयसहित तीन जनालाई प्रहरीले नेपाल भारत सीमा नाका मोरङको धनपालथान गाउँपालिका २ खैरवनाबाट आज पक्राउ गरेको हो ।

प्रहरीले भारतको अररिया जिल्लाको शिवपुर बस्ने ३२ वर्षीय सुनिल यादव, भारत गौराहाका ३५ वर्षीय विजय बहरदार र विराटनगर–३ मुनालपथका ३२ वर्षीय श्याम मुखियालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई भारततर्फ भाग्न लाग्दा सीमा नाकादेखि पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए । बैंक लुट्ने प्रयास असफल भएपछि को २५ प ३८९९ नम्बरको पल्सरमा भारतर्फ भान्न खोज्दा प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले लुटेरालाई पक्राउ गर्न खोज्दा भारतीय नागरिक बिजय बहरदार फरार भएपछि बायाँ खुट्टामा गोली लागेको छ ।

प्रहरीले लुटपाटमा प्रयोग गरेको कटुवा पेस्तोल खैरवनास्थित बाँस झ्याङदेखि बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले पेस्तोल बाँसझ्याङमा रातो कपडाले बेरेको अवस्थामा बरामद गरेको छ ।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर अनुसन्धान सुरू गरेको छ । गोली चलेलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जर्नादन जिसी, डिएसपी मन्जिल मुकारूङ घटनास्थलमा छन् । अहिले घटनाको अनुसन्धान भइरहेको एसपी जिसीले जानकारी दिए । उनले तीन जना पक्राउ परेको जानकारी दिएका छन् । बैंकका कर्मचारीले दिएको जानकारी अनुसार सोमबार दिउँसो आठ जनाको संख्यामा लुटेराको समूह आएको बताएका छन् । ‘अहिले घटनामा संलग्न तीन जनालाई पक्राउ गरिएको छ,’ एसपी जिसीले भने, ‘हामीले अनुस्न्धान सुरू गरेका छौं । यस घटनामा अरुको पनि संलग्न हुनसक्ने भएकोले प्रहरीले अनुसन्धान गरिरहेको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्