१२ बैशाख २०८१, बुधबार
Tags

फेसबुकमा कमेन्ट विवाद हुदाँ पेस्तोल तेर्साउने व्यक्ति १ थान पेस्तोल सहित पक्राउ

रणभूमी आइतबार, आश्विन ३१, २०७८

सर्लाही / असोज ३१, फेसबुकमा कमेन्ट गरेको बिषयलाई लिएर बादबिवाद हुँदा पेस्तोल तेर्साउने व्यक्तिको साथ बाट पेस्तोल म्याग्जिन सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बलरा नगरपालिका-३ लक्ष्मीपुर बस्ने २४ वर्षीय नवनित झालाई १ थान पेस्तोल र १ थान म्याग्जिन सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँ बस्ने ३५ वर्षीय बिनय झा र नवनितबिच फेसबुकमामा कमेन्ट गरेको बिषयलाई लिएर बादबिवाद हुँदा नवजितले बिनयलाई पेस्तोल ताकेको भन्ने खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी बलरामाबाट खटिएको प्रहरीले नवजितलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्