१६ चैत्र २०८०, शुक्रबार
Tags

लागुऔषध ओभरडोज भएर अचेत युवाको उद्दार गर्दा प्रहरी आफै चकित

रणभूमी मंगलबार, कार्तिक ०२, २०७८

बिराटनगर / कार्तिक २, लागुऔषध सेवन गरेर ओभर डोज भई विराटनगरको सीमा क्षेत्रमा अचेत अवस्थामा भेटिएको एक युवालाई उद्दारको लागि प्रहरीले अस्पताल सम्म पुर्याउन गाडीमा हाल्दा युवाको क्रियाकलाप देखेर प्रत्यकक्ष दर्शीहरू सबै चकित भएका थिए ।

इटहरी उपमहानगर पालिका १७ बस्ने बर्ष २२ को विवेक केसी नाम गरेको युवालाई लागुऔषध ओभरडोज का कारण बिराटनगर-१६ स्थित दक्षिण गेटमा सीमा जङ्गे पिलर नम्बर १८० नजिक अचेत अबस्थामा देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । युवालाई हेर्दा केही समय अगाडीनै मृत्यु भएको जस्तो देखिएको युवालाई प्रहरी टोलीले थप टोली बोलाएको बेला युवामा थोरै साश बाकी रहेको देखेर लागुऔषध नियन्त्रण व्युरो बाट खटेको प्रहरीले इलाका प्रहरी कार्यालय रानीको टोली सँग मिलेर अस्पताल सम्म पुर्याए युवा बाँच्न सक्छ कि भनेर उद्दार कार्यमा लागेका थिए ।

प्रहरीले युवालाई बोकेर गाडी सम्म लागेर गाडीमा हाल्दा युवा अचानक उठेर हिन्न खोजेको थियो । घटनाको दृश्य देखेर त्यहाँका सबै चकित भएका थिए । युवा होसमा आएर हिन्न थालेपछि प्रहरीहरु फर्किएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्