०८ बैशाख २०८१, शनिबार
Tags

पत्रकार माथी गोली प्रहार, छातिमा गोली लगी पुर्नियाको असपतालमा उपचार हुदै

रणभूमी आइतबार, मंसिर ०५, २०७८

अररिया भारत / आज साँझ एक पत्रकारमाथि गोली प्रहार भएको छ । नेपाल भारत सीमासँगै रहेको भारतको बिहार राज्य अंतर्गत अररियामा पत्रकारमाथि गोली प्रहार भएको छ ।

छिमेकी मुलुक भारतको बिहारमा विगत केही दिनदेखि लगातार अपराधिक क्रियाकलापमा वृद्धि भएको छ । यो सँगै आईतबार साँझ एक पत्रकारलाई एक समूहले गोली प्रहार गरेको छ ।

बिहारको अररिया जिल्लाको रानीगँज प्रखण्डमा एक हिन्दी दैनिकका सँवाददता पत्रकार बलराम विश्वासलाई एक समूहले गोली हानेका छन् । गोली प्रहारपछि गम्भिर घाईते भएका पत्रकार विश्वासलाई स्थानीय स्तरमा उपचार सम्भव नभएपछि उनलाई रानीगँजबाट सदर अस्पताल अररिया लगिएको आसियान इंटरनेशनल जर्नालिस्ट काउंसिल का अध्यक्ष राजेश कुमार शर्माले जानकारी दिए ।

केहीबेरपछि उनको अवस्था झन बिग्रीन थालेपछि उनलाई पूर्णिय अस्पतालमा रिफर गरिएको जनाईएको छ । जानकारी अनुसार , यसको लागि अघि नै पुलिसलाई लिखित सूचना दिइएको थियो । सुरक्षा खतरालाई मध्यनजर गर्दै स्थानीय प्रहरीमा पत्रकार विश्वास सहित अन्य दैनिक पत्रिकाका पत्रकारहरुको जीउ ज्यानको सुरक्षाको लागि लिखित निवेदन दिएपनि प्रहरीको वेवास्तले यस्तो घटना भएको आरोप पीड़ित पक्षको रहेको छ । लिखित उजुरीपछि पनि प्रहरीले कुनै कदम नचालेपछि यस्तो घटना भएको बताइएको छ । समाचार संकलन गरी घर फर्कने क्रममा उनलाई बदमासहरुले गोली हानेको एआईजेसी अध्यक्ष राजेश शर्माले बताए । गोली पत्रकार बलराम विश्वासको छातीको नजिक लागेको छ । त्यही , रानीगँजका स्थानीय पत्रकारहरुलाई उदृत गर्दै रानीगँज थानेदारलाई सबै सबुत प्रमाणहरु समेत उपलब्ध गराइएको हो । यो घटना आज साँझ ६ बजेको हो ।

फेसबुकमा आरोपीले खुल्लेआम गोली हान्ने धम्की दिँदै आएका थिए । यसको लागि प्रहरीलाई पहिले नै सुरक्षा चुनौती भएको भन्दै जानकारी गराएको थियो । अहिले आरोपित पक्राउ परेका छन् । नेपाल भारत सीमा ( बोर्डर ) देखि मात्र ३० किलोमिटर भित्र रहेको घटनास्थलको मुचुल्का उठाएर स्थानीय प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । गोली चलाउने सुमन साहलाई स्थानीयहले लखेटेर पक्राउ गरेको थियो । गोली हानेर भाग्दै गर्दा साहलाई स्थानीयहरुले पक्राउ गरी कुटिपट गर्दा साह पनि घाईते भएका छन् । आक्रोसित भीडले उनलाई कुटपिट गरेको प्रहरीलाई उदृत गर्दै शर्माले जानकारी दिए ।

स्थानीयहरुको कुटपिटबाट घाईते भएका आरोपी साहलाई पनि अररिया अस्पतालमा उपचार भइरहेको बताइएको छ । उनले किन पत्रकार विश्वासलाई गोली हानेको बारे अझै खुलेको छैनन् भने स्थानीयहरुका अनुसार दुवै जनाबीच व्यक्तिगत रिसबी चल्दै आएको थियो । घटनास्थलमा पुगेर सदर एसडिपीओ पुष्कर कुमार , मुख्यालय डिएसपी सुबोध कुमार , रानीगँज थानाध्यक्ष कौशल कुमार , आरएस ओपी थानाध्यक्ष मनिष कुमार , नगरथानाध्यक्ष आदित्य कुमार , बैरगाछी ओपी थानाध्यक्ष मेनका रानी सदरबलको साथ अस्पताल पुगेर घटनाको जानकारी लिएका छन् ।

स्थानीयहरुले समातेको आरोपी सुमन साहलाई अहिले प्रहरीले सोधपुछ गरी अनुसन्धान गरिरहेको जनाइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्