१६ चैत्र २०८०, शुक्रबार
Tags

सय रुपैयाँ भन्दा बढीको सामानमा महशुल तिर्नुपर्ने भएपछि भन्सारमा तनाव

रणभूमी सोमबार, मंसिर २०, २०७८

बिराटनगर / मंसिर २०, अवैध, निकासी पैठारी नियन्त्रण, विदेश बाट ल्याईने सर सामानहरु बाट राजस्व संकलन गर्न र स्थानिय बजारको अवस्था हेरेर बिराटनगर भन्सार कार्यालय रानीले निजी, गुन्टा झिटी भारी सम्बन्धी सुचना निकालेर सय रुपैयाँ भन्दा बढीको सामान विदेश (भारत) बाट ल्याए अनिवार्य भन्सार महसुल बुझाउनुपर्ने नियमलाई कडाई गरेपछी भन्सार परिसरमा तनाव बढेको छ ।

नेपाल सरकारद्वारा मिति २०७७ जेष्ठ १५ गते प्रकाशित राजपत्रको भाग ५ परिच्छेद १ बमोजिम भारत बाट आउँदा साथमा लिई आउने निजी प्रयोगको रू.१०० भन्दा बढी मूल्यका सामानहरु कानुन बमोजिम अनिवार्य रुपमा भन्सार महशुल लाग्नेछ भनी भन्सार कार्यालयले सूचना निकालेर एकाएक कडाई गरेपछी भन्सारमा तनावपुर्ण अवस्था देख्नुपरेको छ । भन्सार कार्यालयले भन्सारमा राजस्व असुली तथा चेक जाच सम्बन्धी कार्यहरूको लागि कर्मचारी तथा काउन्टर हरु व्यवस्थित नबनाएको हुनाले भन्सार परिसरमा तनाव बढेको हो ।

एक सय रुपैयाँ भन्दा बढी मूल्य बराबरको सामानहरूको राजस्व तिर्नुपर्ने नियम जेष्ठ १५ गते देखिनै लागू भएपनि व्यवहारमा शनिवार बाट एक एक कडाई गरेपछी भन्सारको सुरक्षार्थ खटिएको सुरक्षाकर्मुहरुलाई यात्रुहरुको भीडलाई सम्झाउन र रोक्न हम्मे हम्मे पर्नेगरेको देखिन्छ । भन्सार सुरक्षाको लागि खटेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रानीको रिजर्भ टोली सहित सप्रनि प्रभात गौतम यात्रुहरु समक्ष भन्सार कार्यालयले लगाएको नियमलाई पालना गरी राजस्व तिरेर मात्र सरसामान नेपाल ल्याउन अनुरोध गर्दै आईरहेका छन् ।

भन्सार कार्यालयको यात्रु शाखामा हजारौं मानिस यात्रुहरुको सामानको भन्सार काट्न एउटा मात्र काउन्टर भएको र त्यसमा पनि सर्वर डाउन, लिंक फेल हुने समस्याले यात्रुहरुलाई सास्ती भएको यात्रुहरु बताउँछन् ।

हुनत भारत बाट पनि नेपाली यात्रुहरु भीडभाड हुँदै आए पनि नेपालमा भने कोरोना महामारीको बेला सरकार द्वारा तोकिएको मापदण्डको ख्याल पनि भन्सार कार्यालयले गर्नु आवश्यक देखिन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्