१५ बैशाख २०८१, शनिबार
Tags

पूर्वी मोरङ्गको सिमाबाट प्रतिबंधित औषधी सहित दुई युवा र एक युवती पक्राउ

रणभूमी शुक्रबार, पुष ०२, २०७८

मोरङ्ग / पौष २, नेपालमा प्रतिबंधित रहेको औषधि गाउँको बाटो हुँदै भारतबाट ल्याउँदै गर्दा तिन जना पक्राउ परेका छन् ।

विहीवार साँझको समयमा पूर्वी मोरङ्गको नेपाल भारत सिमावर्ती ईलाका घरुचोक बाट गस्ती गर्ने क्रममा स.प्र.बल नेपाल वि.ओ.पि. डोरियाको फर्वाड पोष्ट घरुचोकबाट खटिएको सिमा गस्ति टोलीले एक युवती सहित दुई जना युवालाई औषधी सहित फेलापारी नियन्त्रणमा लिएको छ । पक्राउ परेका युवा युवतीहरुमा जिल्ला मोरङ्ग उर्लावारी नगरपालिक ६ बस्ने वर्ष २१ को अजित राई, वर्ष १८ को रोशन कार्की र वर्ष १९ की मनिषा कुमाल रहेकी छिन् । राई, कार्की र कुमाललाई सशस्त्र प्रहरीको टोलिले चेक जाँच गर्दा ट्रामाडोल-५० नाम गरेको प्रतिबंधित औषधी १ हजार पाँच सय थान फेला परेको थियो ।

पक्राउ परेका तिनै जनालाई आवश्यक कार्वाहीको लागि इलाका प्रहरी कार्यालय सिजुवालाई बुझाएको सशस्त्र प्रहरी बल नेपाल नंं ३ गण प्रमुख तिर्थ पौडेलले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्