१४ बैशाख २०८१, शुक्रबार
Tags

बिहारको सब रजिष्टारको घरमा निगरानी विभागको छापा

राजेश कुमार शर्मा शुक्रबार, पुष ०२, २०७८

जोगबनी / बिहार राज्यको समस्तीपुरमा एक सब रजिष्टारको घरमा छापामारी गरेर अवैध रूपमा कमाएको रुपैयाँ पैसा जफत गरेको छ।

समस्तीपुरको सब रजिस्टर मणिरंजनको घर मुजफ्फरपुर र पटनामा निगरानी विभागले छापा मारेको छ । निगरानी विभागको कार्यालयमा डिसेम्बर महिनाको १६ तारीखको दिनमा सब रजिष्टार मणिरंजनको बिरुद्धमा आय को भन्दा बढी सम्पती भएकोे भनी परेको उजुरीको अाधारमा विभागको टोलिले छापा मारेको हो । विभागको टोलीले मणिरंजनको कार्यालय सहित मुजफ्फरपुरको निवास र पटनाको घरमा छापा मारी घरमा लुकाई छिपाई राखेको अवैध रुपैयाँ समेत बरामद गरी जफत गरेकाे छ ।

यहाँ कमेन्ट गर्नुहोस्