१६ चैत्र २०८०, शुक्रबार
Tags

भन्सारमा चेक जाँचको क्रममा श्रोत नखुलेकाे नेपाली रुपैयाँ पक्राउ

रणभूमी मंगलबार, पुष २०, २०७८

बिराटनगर / पौष २०, हुण्डी कारोबारी भएको आशंका सशस्त्र प्रहरीले पाँच लाख रुपैयाँ नगद सहित एक भारतियलाई अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीको जिम्मा लगाएको छ ।

सोमवार भारतको जोगबनी बाट नेपाल आउँदै गर्दा भन्सारमा खटेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रानीको टोलीले चेक जाँचको क्रममा बि.आर. ३८ एच ०१८२ नम्बरको स्कुटरमा नेपालतर्फ आउँदै गरेको भारतको बिहार राज्य अररिया जिल्ला फारबिसगन्ज बस्ने वर्ष ५० को नन्दीलाल बहेतीको साथबाट श्रोत नखुलेको नेपाली रुपैयाँ ५ लाख ३६ हजार ८ सय २५ रुपैयाँ तथा २ हजार एक सय भारतिय रुपैयाँ सहित फेला पारी नियन्त्रणमा लिएको थियो । उक्त व्यक्तिले बोकेको रकम हुन्डीको हुनसक्नेछ हुनाले आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको स.प्र.बल बिओपी रानी प्रमुख प्रभात गाैतमले बताएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्