१५ बैशाख २०८१, शनिबार
Tags

बिकानेरबाट गुवाहाटी जाँदै गरेको बिकानेर एक्सप्रेस दुर्घटना, ३ जनाको मृत्यु, १३ घाइते

राजेश कुमार शर्मा बिहिबार, पुष २९, २०७८

भारत / पौष २९, बिकानेरबाट गुवाहाटी जाँदै गरेको बिकानेर एक्सप्रेसको १२ बोगी पश्चिम बंगालको जलपाई गुडी नजिकै मैनागुरी नजिक पटरीबाट झरेर खसेको छ । जसमध्ये ४–५ वटा बोगीमा व्यापक क्षति पुगेको छ ।

आज दिउँसो भारतिय समयनुसार ४:५३ बजे भएको दुर्घटनामा अहिलेसम्म ३ यात्रुको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्, घटनास्थलतर्फ ३० भन्दा बढी एम्बुलेन्स रवाना भएका छन् । बिहारबाट २ वटा उद्धार रेल घटनास्थलतर्फ पठाइएको छ । घाइतेको संख्या बढ्न सक्छ प्रधानमन्त्री श्री नरेन्द्र मोदीले मुख्यमन्त्री ममता बनर्जीसँग जानकारी लिएका छन् साथै उच्चस्तरीय समितिले यस दुर्घटनाको छानबिन गर्नेछ। रेलवे ले हेल्पलाइन नम्बर ८१३४०५४९९९ र ०३४-२७३१६२३ जारी गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्