०४ बैशाख २०८१, मंगलबार
Tags

यसरी भयो बर्जु महोत्सव रणभूमीमा परिणत (पुरै भिडीयो सहित)

पवन विक्रम शाह मंगलबार, माघ ०४, २०७८

विराटनगर / माघ ४, सुनसरीको बर्जू गाउँ पालिका चिमडी स्थित बर्जू ताल महोत्सवमा प्रचार प्रसार गरेको भारतिय कलाकार नआएपछि टिकट काटेर सहभागि भएका दर्शकहरुले मञ्च तोरफोर गर्दै आगजनी गरेका छन् ।

बर्जु ताल पछिल्लो समय आन्तरिक पर्यटनको लागि चिनिन थालेको बेला तिन वर्ष देखि बर्जु महोत्सवको नाममा मेला गाग्दै आईरहेको थियो । यस वर्ष पनि आयोजक समितिले तेश्रो बर्जु महोत्सवको नाममा कार्यक्रम आयोजना गरेको थियो । जस्मा आजको कार्यक्रमको लागि कोरोना भाईरसको नयाँ भेरीएनट (ओमीक्रोन) बाट हुने संक्रमण तथा तेश्रो लहरलाई मध्यनजर गर्दै जिल्ला प्रसाशन कार्यालय सुनसरीले अनुमति दिएको थिएन ।

बर्जु महोत्सव अवलोकन भ्रमण गर्न आउने दर्शकहरुको लागि अन्य दिन रु.५० दरको टिकटको व्यवस्था थियो तर आजको कार्यक्रमको लागि महोत्सवमा भारतिय भोजपुरी चलचित्रमा अभिनय गर्ने कलाकार खेसारी लाल यादवको प्रस्तुती हुने भनेर प्रचार प्रसार गरी चर्को मूल्य रु.५०० र ३०० को दरले टिकट बिक्रि गरेको थियो । जस्मा पनि टिकट काटेर महोत्सव अवलोकन गर्नेहरूको संख्या ३० हजार भन्दा बढी रहेको थियो ।

आज बिहानको ११ बजे खेसारी लालको प्रस्तुती सुरु हुने प्रचार प्रसारको कारण बिहानै देखि आएर चर्को मूल्य तिरेर महोत्सवमा सहभागी भएको दर्शकहरुले अपराह्नको ४ बजिसक्दा पनि कलाकार मञ्चमा नआएपछि आक्रोशित दर्शकहरुले मञ्च तोडफोड गर्नुका साथै चार वटा स्कारपियो सहित महोत्सवमा दर्शक बस्न राखिएका सबै कुर्सीहरु तोडफोड र आगजनी गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले आज कार्यक्रमको लागि अनुमति नदिएको हुनाले कार्यक्रममा सुरक्षा व्यवस्था शुन्य थियो । उद्घोषकले भारतिय कलाकार यादवलाई बिराटनगरमा रोकेर राखेको हुनाले कलाकार मञ्चमा आउन ढिलो भयो भनेर उद्घोषण गरिरहेका थिए त्यही जिल्ला प्रहरी कार्यालय मोरङले कुनै पनि कलाकारलाई नरोकेको बताए । उद्घोषकले मञ्च बाट कसैलाई पनि कार्यक्रमको सामजिक सञ्जालहरुमा लाईभ भिडियो नगर्न भनी चेतावनी समेत दिएका थिए । जबकी बिना अनुमति गरिएको कार्यक्रममा भारत बाट दुई दर्जन भन्दा बढीको संख्यामा युट्युबरहरु कार्यक्रम छायांकन गर्न सहभागि थिए भने त्यही नेपाली आम सञ्चार माध्यमहरुमा काम गर्ने सञ्चारकर्मीहरुलाई आज दृश्य खिच्न अवरोध समेत गरिएको थियो ।

भिडीयो हेर्न तलको लिंकमा थिच्नुहोस् ।

 

यहाँ कमेन्ट गर्नुहोस्