१५ चैत्र २०८०, बिहिबार
Tags

४० प्याकेटमा १२ हजार थान लागूऔषध बरामद

रणभूमी आइतबार, फाल्गुण ०१, २०७८

सर्लाही / फाल्गुन १, सर्लाही जिल्लाको बरहथवा नगरपालिका १७ स्थित श्रीपुर टेकानी ईलाकाबाट माघ २८ गते सशस्त्र प्रहरीले ४० वटा प्याकेटमा रहेको (१२ हजार वटा) नाईट्राभेट ट्याब्लेट बरामद गरेको छ ।

ना ५५ प ९२८ नम्बरको पल्सर मोटरसाईकलमा सवार व्यक्ति त्यसवेला सशस्त्र
प्रहरी बल नेपाल सुरक्षा वेश सुन्दरपुरबाट खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै उक्त मोटरसाईकल सोही ठाउँमा छाडी फरार भएपछि सो मोटरसाईकलमा राखिएको बोराभित्र जाँच गर्दा उक्त लागूऔषध फेला पारिएको हो ।

उक्त लागूऔषध ल्याउन प्रयोग भएको सो मोटरसाईकल समेत नियन्त्रणमा लिई बरामद लागूऔषध सहित नेपाल प्रहरीलाई बुझाईएको छ सशस्त्र प्रहरी बलले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्