२३ आषाढ २०७९, बिहिबार
Tags

गुड्दै गरेको बस बाट धुँवाको मुस्लो निस्किन थालेपछि झ्याल फुटाएर यात्रुहरु बाँच्न सफल

रणभूमी शनिबार, फाल्गुण ०७, २०७८

भारत / फाल्गुन ७, भारतको अररिया जिल्ला स्थित अररिया फारबिशगन्ज बाटोमा पेसेन्जर बोकेर गुडिरहेको एक यात्रुबाहक बस बसमा अचानक धुवाँ मुस्लो उठ्न थालेपछि यात्रुहरु झ्याल फुटाई निस्केर ज्यान जोगाएका छन् ।

अररिया फारबिशगन्ज मार्गमा मणिकपुर नजिक आज दिउँसो एन एछ ५७ नम्बर भएको यात्रु बाहकबस बाट गुड्दा गुड्दै धुँवाको मुस्लो निस्किन थालेको थियो । बसमा सवार यात्रुहरु बस रोक्न लगाई झ्यालको सिसा फुटाएर निस्किन सफल भई ज्यान जोगाएका थिए । घटना बारे विस्तृत विवरण न आएपनि कुनै मानवीय क्षती नभएको प्रत्यकषदर्शीहरूले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्