१२ बैशाख २०८१, बुधबार
Tags

जसपाको वडा समायोजनमा पाँच सय भन्दा बढी कार्यकर्ता अन्य पार्टी बाट जसपामा प्रवेश

रणभूमी आइतबार, फाल्गुण १५, २०७८

बिराटनगर / फाल्गुन १५, जनता समाजवादी पार्टी नेपाल वडा इकाई समिति रानीले आयोजना गरेको पार्टी प्रवेश तथा समायोजन कार्यक्रममा नेपाली काँग्रेसका क्रियाशील सदस्य रुस्तम अली सहित विभिन्न पार्टीका पाँच साय भन्दा बढी सदस्यहरुले पार्टी प्रवेश गरेका छन् ।

शनिवार विहान बिराटनगर महानगर पालिका-१५ स्थित रामजानकी मन्दिरमा परिसरमा आयोजना स्वास्थ मन्त्री जयराम यादवको प्रमुख आतिथ्यमा गरेको समायोजन कार्यक्रममा रानी विराटनगरको १४, १५, १६, १७ र १८ नं वडाहरु बाट गरी ५ सय पन्ध्र जना पार्टीले पार्टी प्रवेश गरेको हो । सबै भन्दा बढी बिराटनगर-१५ बाट रुस्तम अलीको अगुवाईमा र १७ नं बाट समिम कमरको अगुवाईमा पार्टी प्रवेश गर्नेहरूको संख्या बढी रहेको थियो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु भुराज राई, भोगेन्द्र यादव, संजय सिंह, खुर्सिद हबीब इराकी र अमृत महतो उपस्थित थिए भने अन्य नेताहरु जिल्ला अध्यक्ष राजकुमार यादव, उमेश यादव, सिद्धिकी राईन्, मन्तलाल यादव, अमाहुल हक, विकाश मण्डल, राकेश रोशन यादव, रमानन्द साह, दिनेश साह, दिनेश यादव, अमरेन्द्र यादव, मो. नसरुल, उमेश यादव, सदिन खातुन लगायत अन्यको उपस्थिति रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्