१२ बैशाख २०८१, बुधबार
Tags

संखुवासभामा बस दुर्घटना, चालक सहित १४ जनाको मृत्यु, ५ घाईते

रणभूमी बिहिबार, फाल्गुण २६, २०७८

संखुवासभा / फाल्गुन २६, संखुवासभाको मादी नगरपालिका-६ सातघुम्ती स्थित भित्री सडक खण्डमा बस दुर्घटना हुदा चालक सहित १४ जनाको घटना स्थलमा नै मृत्यु भएको हो भने ५ घाईते भएका छन ।

आज बिहान पौने ८ बजे मादीबाट झापा तर्फ आउदै गरेको बा.४ख ७३५ नम्वरको यात्रु वाहक बस सडकबाट अन्दाजी ३०० मिटर तल झरी दुर्घटना भएको थियो । दुर्घटनामा परी घाईते भएका ५ जनालाई प्रहरीले उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएकोमा थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरद्वारा धरान घोपा पठाईएको छ भने मृत्यु भएकाहरुको शव प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरको शव गृहमा राखिएको छ ।

घटना स्थलमा तत्कालै जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदी सहितको टोली र इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक सहितको टोली खटि मृतक तथा घाईतेहरुको उद्धार गरिएको थयो ।

यहाँ कमेन्ट गर्नुहोस्