१५ बैशाख २०८१, शनिबार
Tags

चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै विराट नर्सिङ होममा प्रदर्शन

रणभूमी डेस्क सोमबार, फाल्गुण ३०, २०७८

बिराटनगर / फाल्गुन ३०, सामान्य अवस्थाको बिरामी चिकित्सकको लापरवहीका कारण मृत्यु भएपछि बिरामीका आफन्तले विराट नर्सिङहोम अगाडी विरोध गर्दै प्रदर्शन गरेका छन् ।

विवाहको ८ वर्ष बितिसक्दा पनि बच्चा नभएपछि मोरङ्ग जिल्ला धनपाल थान ४ बस्ने विष्णु शोनी को श्रीमती वर्ष २८ की कौशिला साहलाई बच्चा नभएपछि विराट नर्सिङहोममा जाच गराई चिकित्सकको निर्देशन अनुसार साहको पाठे घरमा एउटा सानो ट्युमर भएको र त्यो सल्यक्रिया पश्चात बच्चा जन्माउन सक्ने बताए पछि सोही अनुरूप उपचार गराउँदै आईरहेकी थीइन । सोही सल्यक्रिया गर्दा केही दिन देखि इन्फेक्स भयो भनेर पटक पटक विराट नर्सिङहोम मै उपचार भई नै रहेको थियो । सल्यक्रिया पश्चात अस्पातालले डिस्चार्ज गरेपछी सल्यक्रीया गरेको ठाउँमा पुनः समस्या देखिए पछि फाल्गुन ९ गते बिरामीका श्रीमानले राति को २ बजेको समयमा अस्पताल भर्ना गरिएको थियो । सामान्य अवस्थामा डाक्टरको निर्देशन अनुसार उपचार गर्दा समस्या आएर आईतवार श्रीमतीको मृत्यु भएपछि विष्णु शोनीले बताए । सामान्य अवस्थाको बिरामी चिकित्सकको लापरवाहीको कारणले मृत्यु भएपछि मृतकका आफन्त अस्पताल विरुद्ध विरोधमा उत्रिन बाध्य भएको मृतक का छिमेकी अाफन्तहरुले बताए ।

हिजो राति मृतक का आफन्तहरुले शान्तिपूर्ण तरिका बाट अस्पतालको विरोध गरिरहँदा अस्पताल पुगेका सुरक्षाकर्मीहरुले बल समेत प्रयोग गरेका थिए जस्मा केही व्यक्तिहरू घाईते समेत भएको मृतकका आफन्तहरू बताउँछन् ।

घटनाको विषयमा निष्पक्ष छानबिन गरी दोषी उपर कानुन बमोजिमको कडा कारवाहीको निम्ती नेपाल सोनार समाजको जिल्ला अध्यक्ष महेश कुमार साह शोनीले जिल्ला प्रशासन कार्यालय मोरङ समक्ष अनुरोध समेत गरेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्