१६ चैत्र २०८०, शुक्रबार
Tags

एपेक्स अस्पतालको लापरवाहीले ३ वर्षिय बालकको मृत्यु भएको भनी इटहरीमा प्रदर्शन

एम.डी. अकिल बिहिबार, चैत्र ०३, २०७८

इटहरी / चैत्र ३, इटहरीको एपेक्स हस्पिटलले उपचारमा लापरबाही गर्दा ३ वर्षीय बालकको मृत्यु भएको भनी परिवारजनले अस्पाताल विरुद्ध प्रदर्शन गरेका छन् ।

आज बिहान मृतकका आफन्तले सडकमा प्रदर्शन गरेपछि ठूलो मात्रामा प्रहरी परिचालन गरिएको थियो ।

भमिट भएका कारण बुधबार साँझ एपेक्स अस्पतालमा बिरामी ल्याइएपनि लापरबाहीका कारण मृत्यु भएपछि मृतकका आफन्तले प्रदर्शन गरेपछि भीड नियन्त्रणका लागि प्रहरी परिचालन गरिएको हो ।

मृतकका बुबाका अनुसार आफ्ना आफ्ना साढे ३ वर्षीय छोरा सन्देश शाहको अस्पतालले लापरबाही गरेका कारण मृत्यु भएको हो । मृतक बालक शाहले भमिट गरेको कारण अस्पतालमा भमिट रोक्ने औषधी दियो, भमिट नरोकिएपछि अन्य जाँच पनि गराएको हो, सबै जाँच गराउँदा डाक्टरले नर्मल छ भनेको थियो तर नर्सहरूले ओभरडोज सुई दिएपछि मृत्यु भएको मृतकका बुबाले बताए ।

अस्पताललाई उचित कारवाहीको माग राख्दै परिवारजनले प्रदर्शन गरेको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्