१४ बैशाख २०८१, शुक्रबार
Tags

शिक्षकले बिद्यार्थी माथि जवरजस्ती गर्ने प्रयास गरेको आरोपमा झडप एक महिला प्रहरीको मृत्यु

रणभूमी डेस्क सोमबार, चैत्र ०७, २०७८

मोरङ्ग / चैत ६, मोरङको लेटाङ–५ खेरुवास्थित शिक्षा बिकास माविमा आइतबार भएको हिंसा भड्किदा एक महिला प्रहरीको मृत्यु भएको छ ।

शिक्षकले बिद्यार्थी माथि जवरजस्ती गर्ने प्रयास गरेको आरोपमा विद्यार्थी र प्रहरीबीच झडप हुँदा महिला प्रहरीेकाे मृत्यु भएको हो । लेटाङ बजारको मनकामना अस्पतालले उपचारका लागि ल्याउँदा उहाँको मृत्यु भइसकेको बताएको छ । वडा नं. ४ का वडाध्यक्ष सन्तोष कार्कीले पनि अस्पतालमा प्रहरीको शव देखेको बताउनुभयो । अस्पतालले मृत्यु पुष्टि गरे पनि इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमनराज अर्यालले केही पनि बताउन चाहनु भएन । बलात्कारको आरोप लागेका शिक्षकलाई विद्यालय प्रशासनले विद्यालयमा दिनभर प्रहरी सुरक्षा दिएर राखेको थियो । विद्यार्थी र स्थानीय अभिभावकले शिक्षकलाई बाहिर निकाल्न आग्रह गर्दा प्रहरीले बल प्रयोग गरेको स्थानीयको भनाई छ ।

लेटाङ ५ को शिक्षा विकास माविमा अध्ययनरत कक्षा ७ मा पढ्ने १३ वर्षीय किसोरीलाई सोही विद्यालयका शिक्षकले जबरजस्ती गर्ने प्रयास गरेको घटना सार्वजनिक भएपछि विद्यार्थी र अभिभावक उत्तेजित भएका थिए । बिहान १० बजे देखि तनावग्रस्त बिद्यालय परिसर राति पौने ९ बजे शान्त भएको थियो । प्रहरी सुरक्षा बढाएर अश्रुुग्यास प्रहार गरी भीड नियन्त्रण गर्दै प्रहरीले बलात्कारको आरोप लागेका शिक्षक मनोज पौडेललाई बिद्यालयबाट इलाका प्रहरी कार्यालय लेटाङ ल्याएको छ । पौडेललाई घटनास्थलबाट लेटाङ ल्याउँदा समेत स्थानीयले लखेटी लखेटी प्रहरी माथि ढुङ्गा मुढा गरेका थिए । सो क्रममा एक जना प्रहरी घाइते भएको बुझिएको छ ।

साभार: गोरखापत्र अनलाइन डटकम

यहाँ कमेन्ट गर्नुहोस्