१५ बैशाख २०८१, शनिबार
Tags

धरानमा धुमधाम साथ मनाइयो हिन्दू नववर्ष

रणभूमी डेस्क आइतबार, चैत्र २०, २०७८

धरान/ आफ्नो परम्परा संस्कृतिलाई अंगाल्दै चैत्र १८ गते मंगलवार नेपाल अग्रवाल महिला मंच धरानले “हिन्दू नवसंवत्सर-२०७९ महोत्सव” धुमधामका साथ मनाएको छ । जुन कार्यक्रम सबै जातजाती समुदायको लागी राखिएको थियो ।

श्रीमती इन्दुको अध्यक्षतामा भएको उक्त कार्यक्रमकी प्रमुख अतिथि साहित्यकार ममता मृदुल तथा विशिष्ट अतिथिमा प्रा. डा. सुधा अग्रवाल एवं मारवाड़ी सेवा समिति धरानका अध्यक्ष अनिल अग्रवाल रहेका थिए । त्यस्तै अग्रवाल सभा धरानका अध्यक्ष पवन गर्ग, समाजसेवी पितरुमल अग्रवाल, मंजू अग्रवाल, गीता अग्रवाल, सुधा सोनी लगायत थुप्रै विशिष्ट अतिथिहरुको पनि उपस्थिति रहेको थियो ।

श्वेता अग्रवालको संयोजकत्वमा भएको उक्त कार्यक्रम संचालिका सोनु अग्रवाल रहेकी थिइन् ।

कार्यक्रमको विशेष आकर्षण स्वागत एवं नववर्ष नृत्य, नवदुर्गा नृत्य, गणगौर नृत्यको साथमा दोहावली, लघु नाटक, पारम्परिक मारवाड़ी गीतको अन्ताक्षरी प्रतियोगिता रहेको थियो । उक्त कार्यक्रममा भाग लिने जतीका साथै कार्यकर्ताहरुलाई पनि प्रमाणपत्र एवं पुरस्कार दिएर हौस्याइएको छ ।

कार्यक्रममा समाजकी एकजना वरिष्ठ आमा-विद्या देवी रतैरियालाई दोसल्ला, माला लगाई सम्मान गरियो साथै यस अघि मंचले साल भरी गरेको आफ्नो सम्पूर्ण कार्यक्रमहरुको पनि प्रमाण-पत्र तथा पुरस्कारहरु वितरण गरेको थियो ।

धरानको मात्र न भई नेपाल भरीको नै प्रथम मारवाडी महिला रहनु भएकी प्रा.डाक्टर सुधा अग्रवाल एवं मिसेज एशिया यूनिवर्स का साथै थुप्रै उपाधीहरु जित्न  सफल पिंकी राजगढ़ियालाई नेपाल अग्रवाल महिला संगठन (त.स) ले गराएको राष्ट्रिय स्तरको कार्यक्रम “अग्रसेन महोत्सव-२०७८” मा घोषणा गरेको सम्मान यस कार्यक्रममा हस्तान्तरण गरेकाे हाे ।

१३० जनाको बाक्लो उत्साहजनक उपस्थिति रहेको यस कार्यक्रमको चौतर्फी प्रशंसा भैरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्