१२ बैशाख २०८१, बुधबार
Tags

जनमत पार्टीकाे पालिका स्तरीय कार्यालय उदघाटन , एक सय बढीले गरे पार्टी प्रवेश

उर्मिला यादव मंगलबार, साउन ०५, २०७८

भैरहवा, साउन ५ / जनमत पार्टी रुपन्देहीले कोटहीमाई गाउँपालिकाको कार्यालयमा आफ्नो पालिका स्तरीय कार्यालय उदघाटन गरेको छ ।
कोटहीमाई गाउँपालिकाका अध्यक्ष सुवास चन्द्र यादवको अध्यक्षता तथा जनमत पार्टी रुपन्देहीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवको प्रमुख आथित्यतामा भएको कार्यक्रममा केन्द्रीय सचिव यादवले आज एक कार्यक्रमका बिच पालिका स्तरीय कार्यालय उद्घाटन गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै केन्द्रीय सचिव यादवले धेरै पार्टीले देशको जनता लाई झुटो आश्वासन दिँदै आएको र मधेशका जनता अहिले सम्म पनि आफ्नो हक अधिकार नपाएको गुनासो गर्नु भएको थियो । उहाले अब मधेशमा जनमत पार्टी डा.सिके राउत बाहेक कुनै विकल्प नरहेको समेत दाबी गर्नु भएको छ । यस्तै गरि कार्यक्रममा विभिन्नपार्टी परित्याग गरि जनमत पार्टीमा एक सय भन्दा बढी जना प्रवेश गरेका छन भने नवप्रवेशी सम्पुर्णलाई केन्द्रीय सचिव यादवले टीका लगाई सदस्यता हस्तान्तरण गरि प्रवेश गराउनु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि केन्द्रीय सदस्य रामकेश गुप्ता, महिला केन्द्रीय सदस्य निर्मला हरिजन, भ्रष्टाचार नियन्त्रण जनमत संघको केन्द्रीय प्रमुख संजय मिश्रा, पुञ्जको केन्द्रीय सदस्य बिरेन्द्र धवल भोटे , ईन्जीनियर जनमत संघको जिल्ला अध्यक्ष अमरनाथ यादव राजु जयसवाल , मुरारी प्रजापति लगायत जनमत को ७ वटै वडा अध्यक्षहरु लगायतको सहभागिता थियो भने कार्यक्रमको संचालन पवन कुमार मौर्यले गर्नु भएको थियो ।

 

यहाँ कमेन्ट गर्नुहोस्