२७ बैशाख २०८१, बिहिबार
Tags

अन्तर्राष्ट्रिय मानव बेच बिखन विरुद्ध दिवसको अवसरमा रानी नाकामा जनचेतना मुलक कार्यक्रम

रणभूमी डेस्क आइतबार, साउन १४, २०८०

विराटनगर / अन्तर्राष्ट्रिय मानव बेच बिखन विरुद्ध दिवसको अवसरमा रानी नाकामा विश्व सेवा बिस्तार संस्थाले विभिन्न कार्यक्रम गरी मनाएका छन् ।

ईलाका प्रहरी कार्यालय रानी प्रमुख प्र.नी. प्रकाश रेग्मीको प्रमुख आतिथ्यमा सामुदायिक प्रहरी सेवा केन्द्र रानीमा आईतवार विहान ८ बजे चेलीबेटी तथा मानव बेच बिखन विरुद्ध कार्य गर्ने सक्रिय संस्थाहरुको सहभागितामा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो ।

चेलीबेटी तथा मानव बेच बिखन विरुद्ध विराटनगरको रानी नाकामा बसेर कार्य गर्ने विश्व सेवा विस्तार संस्थाको अगुवाइमा माईती नेपाल, आफन्त नेपाल, साना हातहरू नेपाल लगाएत संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा जनचेतना मुलक कार्यक्रम गरी रानी नाकामा पर्चा समेत वितरण गरेकाे थियाे ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित