
रणभूमी डेस्क मंगलबार, बैशाख २३, २०८२

विराटनगर / बेलवारी नगरपालिका वडा नं ४ का संदेश कोइरालाको हराएको मोटरसाइकल प्रहरीले केवल एक दिनमै फेला पारी फिर्ता गरेको छ। वैशाख २१ गते बेलवारीबाट हराएको को २१प ३४३५ नम्बरको डिस्कभर मोटरसाइकल ईलाका प्रहरी कार्यालय रानी (सीमा) को सक्रियतामा अर्को दिनै फेला परेको हो।
ईलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक कविन राईका अनुसार उक्त मोटरसाइकल नेपाल-भारत सीमावर्ती क्षेत्र जोगवनी नजिकै विराटनगर महानगरपालिकाको वडा नं १६ स्थित दशगजा क्षेत्रबाट लुकाएको अवस्थामा फेला परेको थियो। प्रहरी नायब निरीक्षक सुभाष अधिकारीको टोलीले मोटरसाइकल बरामद गरी कागज पत्र जाँच गरेर सम्बन्धित धनीलाई बुझाएको छ।
विशेष रूपमा, प्रनानी अधिकारीले सीमावर्ती क्षेत्रमा लागूऔषध सेवनकर्ताहरूका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन्। उनले नियमित रूपमा लागूपदार्थ सेवनबाट हुने नकारात्मक असरहरू बारे जानकारी प्रदान गर्दै आएका छन्, जसले गर्दा क्षेत्रमा लागूपदार्थ सेवनकर्ताहरूको संख्यामा उल्लेखनीय कमी आएको छ।
यो घटनाले स्थानीय सुरक्षा निकायको सक्रियता र समुदायप्रतिको प्रतिबद्धता देखाउँदछ। प्रहरीको तत्परताले नागरिकको सम्पत्ति सुरक्षा र समाजमा सचेतना बढाउन महत्त्वपूर्ण भूमिका निभाएको छ।