१५ माघ २०८२, बिहिबार
Tags

विराटनगर-जोगबनी नाकामा राती दशगजामा एसएसबी द्वारा भइरहेको निर्माण कार्य रोक्यो सशस्त्र प्रहरीले

रणभूमी सम्वाददाता बुधबार, माघ १४, २०८२

विराटनगर / नेपाल-भारत सीमाको दशगजा क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले बुधवार रातको समयमा गरिरहेको निर्माण कार्य सशस्त्र प्रहरीले रोकेको छ।

विराटनगर-जोगबनी नाकास्थित दशगजामा एसएसबीले रातको समयमा नयाँ संरचना निर्माण गरिरहेको सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानी मोरङका डीएसपी तिलक खड्काले घटनास्थल पुगेर निर्माण कार्य रोकेका हुन्।

डीएसपी खड्काले एसएसबीलाई अनुमतिविना दशगजामा कुनै पनि निर्माण कार्य गर्न नहुने भनी रोकेका छन्। उनले दुई देशबीच सहकार्य नगरी र रातको समयमा निर्माण कार्य गर्नु उचित नभएको बताएका छन्।

एसएसबी बसेको स्थानको पछाडि मन्दिरको पश्चिमतर्फ रातको समयमा थप निर्माण कार्य भइरहेको स्थानीयहरूले जानकारी दिएपछि सशस्त्र प्रहरी घटनास्थलमा पुगेको थियो।

दशगजा दुवै देशको साझा सम्पत्ति भएको र त्यहाँ मनपरी गर्न नहुने भन्दै स्थानीयहरू ठूलो संख्यामा भेला भई विरोध गरेका छन्।

कोशी प्रदेशका सशस्त्र प्रहरीको तत्कालीन डीआईजी अञ्जनी कुमार पोखरेलको कार्यकालमा मोरङ-सुनसरी सीमावर्ती दशगजामा भएको अतिक्रमण हटाइएको थियो। स्थानीयहरूले कानूनको पालना गर्दै दशगजा खाली गरेका थिए तर भारतीय सुरक्षा बलबाटै अतिक्रमण हुन थालेपछि स्थानीयहरू आक्रोशित भएका छन्।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

यहाँ कमेन्ट गर्नुहोस्