१५ बैशाख २०८१, शनिबार
Tags

लागुऔषध सहित सिमा र व्युरो द्धारा तिन जना पक्राउ

रणभूमी डेस्क बिहिबार, बैशाख ०१, २०७९

विराटनगर / जोगबनी बाट लागू औषध टिटी बोकेर नेपाल आउँदै गरेको एक युवालाई सिमा प्रहरी चौकी रानीले पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

सीमा प्रहरी चौकी रानी प्रमुख सई दिल्ली देवकोटा गस्तिमा निस्केको बेला बिराटनगर १६ स्थित दक्षिन गेटको चेप बाट संखुवासभा गाउँ पालिका ३ बस्ने वर्ष २४ को रोशन श्रेष्ठ नाम गरेकाे युवालाई पक्राउ गरेको हो । श्रेष्ठले सई देवकोटा लाई देखेपछि साथमा भएको लागू औषध टिटी फालेर फुटाउन खोज्दा श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो । श्रेष्ठले साथमा रहेको टिटी फुटाए पनि २० थान नफुटेको टिटी सहित नियन्त्रणमा लिएको देवकोटाले बताए ।

त्यसै गरी बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागूऔषध सहित २ जनालाई लागु औषध नियन्त्रण व्युरोले पक्राउ गरिएको छ । पक्राउ पर्नेमा उदयपुर चौदन्डी नगरपालिका ७ बेलटार का १९ बर्षीय आषिश चाम्लिङ राई र २० बर्षीय भबी राई रहेका छन् ।

हिजो बेलुका ४ बजे भरतबाट नेपाल आउदै गरेका उनिहरुलाई लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले फेरागन १२ एम्पुल, एभिल १२ एम्पुल , लुपिजेसिक १२ एम्पुल र डाईजेलेप १२ एम्पुल सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्