११ बैशाख २०८१, मंगलबार
Tags

समुदायमा सचेतना फ़ैलाउदै चेली-बेटी बेच बिखन विरुद्धको संस्थाहरु द्वारा मास्क बितरण

Ranbhumi बुधबार, बैशाख १५, २०७८

बिराटनगर / कोरोना भाईरस कोबिड-१९ को नया भेरिएन्ट बाट हुन सक्ने जोखिम र सावधानी सतर्कताका उपायहरुको बारेमा जागरुपता फ़ैलाउदै बिराटनगरको सिमावर्ती क्षेत्रमा साना हाथहरु नेपाल, आफ़न्त नेपाल र सामुदायिक प्रहरी सेवा केन्द्र रानीले बुधवार बिहान मास्क बितरण गरेका छन ।

सिमा क्षेत्रमा बाहिरी मान्छेको सम्पर्कमा धेरै जना आउने हुनाले भाईरस बाट आफ़ु मात्र नभैइ आफ़्नो परिवारलाई कसरी सुरक्षित राख्ने, रोगको पहुच बाट कसरी जोगिने जोगाउने लगायत अपनाउनुपर्ने सावधानीहरुको बारेमा जागरुपता फ़ैलाउदै उक्त कार्यक्रम आयोजना गरिएको हो । ईलाका प्रहरी कार्यालय रानीको महिला तथा बालबालिका शाखा बाट प्रहारी नायब निरिक्षक तारा बिष्टको निगरानीमा मानवको गन्तव्य मानव बेच बिखन अन्त्य नारा समेत लिएर नोबेल कोरोना भाईरस कोबिड-१९ रोकथाम को लागी उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रम आयोजक साना हाथहरु नेपाल बिगत लामो समय देखी सिमावर्ती इलाकाहरुमा चेली-बेटी बाल-बालिका बेच बिखन तथा महिला हिंसा विरुद्ध निगरानी गर्दै आईरहेको संस्था भएको र भारतमा बेचिएका र बेच्न लैजादै गरेको हजारौ चेलीहरुको उद्धार गरिसकेको संस्था भएको र एक वर्ष देखी कोरोना महामारीले गर्दा सिमा सिल रहेको अवस्थामा पनि आफ़्नो निगरानी नहटाई धेरै नेपाली चेलीहरुलाई बेचिनबाट जोगाउन र बेच बिखनमा संलग्न व्यक्तिहरु उपर मुद्दा दर्ता गराउन सफ़ल भएको संस्थाको रुपमा चिनिने गरेका छन भने आफ़न्त नेपाल पनि सोही अनुरुप फ़्रन्ट लाईनमा बसेर सक्रियता साथ सिमावर्ती एरियामाहरुमा खटेर धेरै चेलीहरुको उद्धार गरेका संस्थाको रुपमा परिचित छन ।

यहाँ कमेन्ट गर्नुहोस्