१३ बैशाख २०८१, बिहिबार
Tags

विराटनगर १७ बाट ब्राउनसुगर सहित दुई भारतिय युवा पक्राउ

रणभूमी डेस्क बिहिबार, आषाढ ०२, २०७९

विराटनगर / भारतको जोगबनीबाट लागुऔषध ब्राउन सुगर बोकी नेपाल आउँदै गर्दा सीमामा खटेको सुरक्षाकर्मीले ३ ग्राम ब्राउनसुगर सहित दुई जना भारतिय युवाहरुलाई नियन्त्रणमा लिएको छ ।

विहीवार करिब सवा १० बजेको समयमा भारतिय नम्बर प्लेट भएको बी.अार. ३८ भी ३२५१ नम्बरको ग्ल्यामर मोटरसाईकलमा सवार भारतको अररिया जिल्ला सोनामनी नगर पञ्चायत वडा नं २ बस्ने वर्ष १७ को विकाश ठाकुर र वर्ष १५ को कन्हैया कुमार ठाकुरलाई नेपाल भारत सीमा विराटनगर १७ स्थित मटियरुवामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रानी र अस्थाई प्रहरी चौकी मटियरुवाबाट खटेको ड्युटी टोलीले चेक जाँच गर्ने ३.०६ ग्राम प्रतिबंधित लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको थियो ।

विराटनगर सँग जोड्ने खुला सीमा भएका कारण मुख्य नाका प्रयोग नगरी वैकल्पिक बाटोको रुपमा रहेका मटियरुवा नाका, दरैया नाकामा नेपाल भारत आउन जान वैकल्पिक बाटोहरू प्रयोग गर्नेहरूलाई कडाईका साथ निगरानी तथा चेकजाँच गर्ने क्रममा मटियरुवाबाट उक्त लागुऔषध युवाले पेन्टको बाहुला फोल्ड गरी लुकाई ल्याउँदै गरेको अवस्थामा फेला परेको हो ।

फेला परेको लागुऔषध सहित दुवै जना युवाहरुलाई आवश्यक कार्वाहीको लागि बिओपी रानी र प्रहरी चौकी मटियरुवाले इलाका प्रहरी कार्यालय रानीलाई बुझाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्