१५ बैशाख २०८१, शनिबार
Tags

नव अभियान नेपाल द्वारा बालीकाको उद्धार, एकजना विरुद्ध जक र बेचबिखन तथा ओसारपसार को मुद्दा दर्ता

रणभूमी डेस्क शुक्रबार, फाल्गुण ११, २०८०

विराटनगर / एक नाबालिकलाई ललाई फकाई करणी गरी गरी भारत तर्फ लैजाँदै गर्दा नव अभियान नेपाल संस्थाले एक भारतीय नागरिकलाई पक्राउ गरी बालिकाको उद्धार गरेको छ।

मानव बेचबिखन विरुद्ध कार्य गर्ने संस्था नव अभियान नेपालले कलिलो उमेर की एक बालिकालाई असहज तरिकाले भारत तर्फ जाँदै गरेको देखेर शंका लागेपछि बालिकालाई रोकेर सोधपुछ गर्दा सामाजिक सञ्जाल मार्फत चिनजान भएका भारतको सुपौल जिल्ला बिहार बस्ने वर्ष २८ को अनवर आलमले प्रेम जालमा पारी विभिन्न प्रलोभन दिँदै जोगवनी तिर भेट्न बोलाएको थियो । आलमले विराटनगर १५ स्थित रानी टेक्सी स्टेण्डमा रहेको राज होटल र न्यू सुप्रीम गेष्टहाउस मा लगि बालिकालाई आलमले करणी गरी उक्त बालिकालाई जोगवनी हुँदै भारत लैजाँदै गर्दा सोमवार फेला पारेको थियो ।

संस्थाले आलमलाई मंगलवारको दिन ईलाका प्रहरी कार्यालय रानीमा ल्याई प्रहरीको सहयोगमा जवरजस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गराई बालिकालाई आफन्तको जिम्मा लगाएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्