१५ बैशाख २०८१, शनिबार
Tags

सिइओ ले कामदार महिलामाथी दुर्व्यवहार गर्दा आन्दोलन ( भिडियो साहित)

रणभूमी मंगलबार, भाद्र ०१, २०७८

बिराटनगर / भाद्र १, विराटनगर १३ मा रहेको तयारी पोशक उत्पादन गर्ने ट्राइकोट इण्डस्ट्रिज प्रा. लि. का प्रमख कार्यकारी अधिकृत (सिइओ) सञ्जय चाण्डोकले कामदार महिलाहरुलाई दुर्व्यवहार गर्ने, कुदृष्टी ले हेर्ने कुराको विरोध गर्दै चाण्डोक विरुद्ध कडा कारवहीको माग सहित नाराबाजी गर्दै विरोध जनाएका छन्

ट्राइकोट इण्डस्ट्रिज प्रा.लि. मा कार्यरत करिब ३ सयको संख्यामा भेला भएका श्रमिकहरूले सिइओ चाण्डोकले महिला मजदुरहरूलाई यौन दुव्र्यवहार गर्नुको साथै पुरूष श्रमिकहरूलाई कामबाट निकाल्ने धम्कि दिने गरेको भन्दै कारवाहीको माग राख्दै आन्दोलित भएका हुन । इलका प्रहरी कार्यालय रानी बाट खटेको टोलीले भिडलाई नियन्त्रणमा लिन नसकेपछी प्रहरी निरीक्षक प्रकाश राउतले जिल्ला प्रहरी कार्यालय मोरङ बाट थप प्रहरी फोर्स बोलाएर चाण्डकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको सिइओलाई पक्राउ गरि अहिले जिल्ला प्रहरी कार्यालय लागिएको छ ।

श्रमिकहरू आन्दोलित भएपछि प्रहरीले पीडित भएका व्यक्तिहरूलाई पनि बोलाएर घटनाको विषयमा अनुसन्धन थाल्ने जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताउनुभयो ।

सिईओ भारतीय नागरिक हुन् । चाण्डोकले उद्योगको एचआर (मानव संशाधन) फाँटकी महिला कर्मचारीमाथि गत जेष्ठमा दुव्र्यवहार गरेको आरोप छ । जेठमा मात्रै रोजगारीका लागि उद्योगमा हाँजिर भएकी २४ वर्षिय एक महिला कर्मचारीसँग सिईओ चाण्डोकले व्यक्तिगत मामलाका कुराहरु सोधखोज गर्ने, रातीराती फोन गर्ने र काममा चित्त नबुझेको भन्दै दवावमा राख्ने गरेको आरोप पीडित महिलाले गरेकी छिन् । उद्योगी बासुदेवसहित गोल्यान घरानाद्वारा सञ्चालित ट्राइकट इण्डष्ट्रिजका सञ्चालक शक्ति गोल्यान हुन् । अनलाइनबाटै कर्मचारीमा छनौट भएकी महिला गत जेठ ९ गतेदेखि उद्योगमा हाँजिर भएर काम गर्दै आएकी थिइन् । तर, सिईओले राती समेत फोन गरेर टर्चर दिदैं आफूलाई काबुमा राख्न खोजेको पीडित महिलाको गुनासो छ ।

ट्राइकोट इण्डष्ट्रिजमा ३५० जना भन्दा बढी मजदुर कार्यरत छन् । त्यसमध्ये १५० को संख्यामा महिला कामदारहरु रहेको बताइएको छ । विगत लामो समयदेखि सञ्चालित उद्योगमा पहिले यस प्रकारको समस्या थिएन तर करिव ३ वर्ष अघि चाण्डोक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा आएपछि महिला मजदुरहरु दुव्र्यवहारमा पर्न थालेको भन्दै श्रमिक महिलाहरुले उनलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् । महिला मजदुरहरुलाई त्यहाँ कार्यरत अन्य मजदुरहरुले पनि साथ दिएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्