११ बैशाख २०८१, मंगलबार
Tags

१० के.जी. चरेसको ईट्टा सहित भारतिय नागरिक पक्राउ

रणभूमी बिहिबार, भाद्र १०, २०७८

नवलरासी / भदाै १०, विहान ५:०० बजेको समयमा लागु औषध चरेश सहित आज बिहान प्रहरीले एक जाना भारतिय नागरिकलाई पक्राउ गरेकाे छ ।

नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं.४ बर्दघाटे प्रहरी चौकी पाचपेडाबाट खटिएकाे प्रहरी टाेलीले एक जना पैदल यात्रु शंका लागी चेक जाँच गर्दा ईट्टाको आकारमा प्याकिङ गरी लाँदै गरेको १० किलो चरेश फेला सहित फेला पारी नियन्त्रणमा लिएको छ ।

भारत उत्तर प्रदेश जिल्ला महारागंज थाना बर्गदवा ग्राम भगतपुरवा बस्ने बर्ष ३७ काे राजेश यादवलाई शंका लागि चेकजांच गर्ने क्रममा उक्त चरेश फेला परेको हो ।

कालाे रंगकाे भिर्ने झाेला भित्र पत्रीका र टेपले बेरेकाे ईट्टा आकारकाे २६ प्याकेट चरेश रहेको र यादव उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवपरासीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्