१५ बैशाख २०८१, शनिबार
Tags

बिकासको नाममा एक गाडी गिट्टी, नालामा पानी बाग्दैन, बाटो कहाँ छ थाहा छैन

रणभूमी बुधबार, भाद्र १६, २०७८

बिराटनगर / भदाै १६, बिराटनगर महानगरपालिकाको वडा नं १४ स्थित मलाया रोड सँगै जोडिएको एक टोलमा वर्षौ देखी बाटो नहुँदा हरेक वर्ष बर्खाको मौसममा त्यहाँ बस्ने सबैलाई समस्या भोग्नुपरेको छ ।

मलाया रोडको पुर्व तर्फ बिराटनगर १४ मा पर्ने नेपाल विद्युत प्राधिकरण क्षेत्रिय कार्यालय सँगै टासिएर रहेको उक्त टोलमा २० वटा भन्दा बढी घरहरु रहेका छन् । जहाँ बिकासको नाममा एउटा सल्याप बेगरको नाला बाहेक बाटोको नाममा पानी जमेको ताल जस्तो देखिन्छ । यो ठाउँमा नत एउटा साईकल गुडाएर जाने बाटो छ नत रिक्सा ट्याम्पु नै । कोही मानिस बिरामी हुँदा साईकल मोटरसाईकल नजाने बाटोमा एम्बुलेन्स कसरी ल्याउने भन्ने समस्या सँगै खुला अवस्थामा रहेको पानी बग्न बनाईएको नालामा सल्याप नहुँदा सानो बच्चाहरु धेरै पटक दुर्घटनामा परिसकेको कुरा पिडितहरुले बताएका छन् । बाटोको समस्याले गर्दा आफ्नै टोलका सबै घरको व्यक्तिहरू मिलेर रकम सङ्कलन गरी बेला बेलामा सो वाटोमा हिन्न सक्ने गरी मरम्मत गरेर समस्या टार्ने गरेको छ ।

बाटोको समस्या लिएर यहाँ बसोबास भएका धेरै स्थानीयहरूले बिराटनगर महानगर पालिका र बिराटनगर-१४ नम्बरको वडा अध्यक्ष ज्यू सँग पहल गर्न अनुरोध पनि गरिसकेका छन् । स्थानियको अनुरोधमा वडा अध्यक्ष बलदेव यादवले केहीदिन अगाडी एक गाडी ग्राभेल गिट्टी खसाएर फेरी चासो न दिएको स्थानियहरुको भनाई रहेको छ । लगभग बीस वर्ष देखी यो ठाउँमा बसोबास गर्दै आईरहनुभएकी रिता कालीकोटे ले भन्नु हुन्छ ‘बाटो हो की खेत हो छुट्याउन सकिन्दैन, यहाँ दुई वर्ष अगाडी नाला बन्दा एक तिर यो बर्ष र अर्को तिर अर्को वर्षमा नाला बनाउने काम हुन्छ भनिएको थियो तर अहिले सम्म केही भएको छैन भनी बताउनुहुन्छ ।’ एकतर्फ बनेको नालाले टोल बाट पानी निकाषाको साटो पानी जमाउन सहयोग गरेकाे छ ।

त्यसैगरी सोही ठाउँमा २५ वर्ष देखी बसोवास गर्ने भारती बानियाँ बताउनु हुन्छ हरेक वर्ष यहाँ समस्या पर्ने गरेको छ, दुःखको बेला नेतालाई गुहार्दा एक गाडी गिट्टी देखी बाहेक केही पनि सहयाेग गर्दैनन् । जम्मा तीन सय मिटर लामो बाटोमा हरेक वर्ष एक गाडीको दरले गिट्टी पाउँदा १०० मिटर जति ग्रभेल भईसकेको छ तर समस्या जस्ताको त्यस्तै रहेको छ ।

उक्त टोलमा बाटोको बिकासको लागी वडा अध्यक्ष सँग पहल गर्न अनुरोध गर्दा यो टोलको बासिन्दाले वडा अध्यक्ष बालदेव यादवले आफूलाई भोट नदिएको भन्दै विकास निर्माण कार्य नगरेको स्थानियहरुको आरोप रहेको छ । विद्युत प्राधिकरण सँगै रहेको टोलमा खाली जग्गा देखी बाटो सम्म सबै तिर ताल भएको जस्तो देखिने सो ठाउँमा सडकमा भएको बिजुलीको पोल पनि झुकीसकेको अवस्थामा छ । कहिले कुन बेला त्यहाँ ठूलो दुर्घटना निम्तिन सक्छ अनुमान लगाउन सकिँदैन ।

स्थानिय टोलवासीहरुको आरोप पछी बिराटनगर महानगर पालिकाको १४ नम्बर वडाको वडा अध्यक्ष बालदेव यादवलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

यहाँ कमेन्ट गर्नुहोस्