१२ बैशाख २०८१, बुधबार
Tags

बेलबारी बाट भरुवा बन्दुक बनाई बेचबिखन गर्ने पक्राउ

रणभूमी सोमबार, भाद्र २१, २०७८

बिराटनगर / भदौ २१, आफ्नो घरमा कारखाना संचालन गरि भरुवा बन्दुक बनाई बेचबिखन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका १ का ५२ बर्षीय आश बहादुर लिम्बु रहेका छन् ।

हिजो बेलुका ६ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई घरैबाट भरुवा बन्दुक १ थान, बन्दुक बनाउन प्रयोग गरिने नाल २ थान, काठको बट ४ थान, फलामको पड्किने पाशो भएको बन्दुक १ थान, बारुद१ केजी, हरिणको सिङ ५ थान, बन्दुकको नाल सफा गर्ने रड १ थान त्यस्तै फलामको काजो ३ थान लगाएत बन्दुक बनाउन प्रयोग हुने औजार सहित पक्राउ गरेको हो ।

पक्राउ परेका लिम्बुलाई ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्