१४ बैशाख २०८१, शुक्रबार
Tags

बिराटनगर-१६ बाट २ कार्टूनमा रहेको १९ लाख बराबरको अवैध औषधी बरामद

रणभूमी आइतबार, भाद्र २७, २०७८

बिराटनगर / भदाै २७, भारत बाट अवैध रुपमा ल्याएको दुई कार्टुन औषधी सशस्त्र प्रहरीलाई देखेर तस्करले बिराटनगर १६ को दक्षिणगेटमा एक शौचालय पछाडी लुकाइराखेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रानीको प्रहरीले बरामद गरी नियन्त्रणमा लिएको छ ।

जोगबनीको रेलवे स्टेशनको बाटो भएर नजिक रहेको बिराटनगर १६ को दक्षिणगेट सम्म दुई वटा बिस्कुट कार्टुन जस्तो देखिने कार्टुनमा ल्याएको औषधी सशस्त्र प्रहरीको डिउटी टोलीलाई छल्न नसकी शौचालय पछाडी लुकाइएको हुनसक्ने प्रहरीकाे अनुमान छ ।

करीब १९ लाख नेपाली रुपैयाँ बराबरको औषधीहरु रहेको सो कार्टुन बाट बरामद भएको औषधिहरुमा भारतिय मूल्य रु ४ सय ५८ रुपैयाँ प्रति पिस पर्ने Dexmedine (1ml) ६६ थान, ३ हजार ७ सय ६२ रुपैयाँ प्रति पिस पर्ने Tigebest (50mg) १०० थान, १ हजार ८ सय ७० रुपैयाँ प्रति भयाल पर्ने Ticobact (40mg) ५० भायल, ५ सय ५० रुपैयाँ प्रति एमपुल पर्ने Octride (1ml) को ८४५ एमपूल, ६ सय ४१ रुपैयाँ प्रति पिएफेएस पर्ने Cutenox(PFS)(0.6ml) काे १२० थान, ५ सय ४२ रुपैयाँ पर्ने Capnea (2ml) ६५ थान, ३ सय ३८ रुपैयाँ पर्ने Vpress (1ml) १०० थान, १ सय ४३ रुपैयाँ पर्ने NETICOL (2ml) १२० एम्पुल, २ सय ८ रुपैयाँ पर्ने Dotamin (5ml) ५० एम्पुल, १ हजार ३ सय ८४ रुपैया प्रति पिस मुल्य पर्ने MYPRED (1g) ३० थान र NIPRESS (50mg) को ५० थान गरी एघार प्रकारको औषधीहरु रहेका छन् । औषधीमा प्रिन्ट गरिएको मूल्य अनुसार जम्मा भारतीय रकम मुल्य रु ११ लाख ८६ हजार ९ सय ८ रुपैयाँ रहेको र नेपाली मूल्यमा गणना गर्दा १८ लाख ९९ हजार ५२ रुपैयाँ पुगेको सशस्त्र प्रहरीले जनाएको छ । उक्त औषधीहरु आवश्यक कारवाहीकोलागी औषधी व्यवस्था विभागमा दाखिला गराएको सशस्त्र प्रहरी बल नेपाल नंं ३ गण टंकी को प्रहरी उपरिक्षक तीर्थ पौडेलले बतउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्