०६ बैशाख २०८१, बिहिबार
Tags

जितिया पर्व महोत्सवमा भव्य कार्यक्रम गरी सम्पन्न

रणभूमी मंगलबार, आश्विन १२, २०७८

बिराटनगर / असाेज १२, बिराटनगर महानगर पालिका-८ स्थित बिश्वकर्मा चौकमा जितिया पूजा समारोह समिति बिराटनगर-८ द्वारा हरेक वर्ष झै यस वर्ष पनि श्रीमती शकुन्तला साहको अध्यक्षतामा जितिया पूजा महोत्सवको आयोजना गरी विशेष सांस्कृति कार्यक्रम गरी मनाएका छन् ।

जितिया पूजा महोत्सव समारोहमा बिराटनगर-८ स्थित बिश्वकर्मा चौक जितवान भगवानको प्रतिमा स्थापना गरी टोल भरिका जितीया बर्त बसेकी महिलाहरूले पूजा आजा गरी नाच गान गर्दै सांस्कतिक कार्यक्रम गरेर मनोरञ्जन गर्दै मनाएका छन् ।

उक्त कार्यक्रममा लगभग तीन हजारको संख्यामा श्रद्धालु बर्त बसेकी महिला तथा कार्यक्रम हेर्न पुरुषहरुको समेत सहभगिता रहेको थियो ।

बिराटनगर-८ की महिला सदस्य भारती पोखरेलको प्रमूख आतिथ्यमा आयोजनामा गरिएको जितिया पूजा महोत्सवमा स्थानिय समाजसेवी बुद्धिजीवी गंगा प्रसाद यादव र सल्लाहकार राजकुमार राजवंशी लगायतको आतिथ्यमा भव्यताका साथ सम्पन्न गरेको कार्यक्रम सञ्चालिका मायाँ देवी राजवंशीले बताए ।

 

कार्यक्रम कै अवसरमा राजवंशी भाषामा संस्कृति र परम्परा जोगाउँदै लकडाउनमा कसरी जितीया पर्व मानाए भन्ने कुरालाई दर्शाउँदै प्रितम राजवंशी को कथा रहेको शम्भु राजवंशीले कार्तिक राजवंशीको निर्देशनमा तयार पारेको डकुमेन्ट्री चलचित्र “लकडाउन के जितिया” को विमोचन गरेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्