१५ चैत्र २०८०, बिहिबार
Tags

नक्कली कागज बनाई बिद्यालयको रकम हिनामिना गर्नेलाई कहिले हुने कारवाही

मदरसामा हिन्दु, मुस्लिम दुवै धर्मका शिक्षक र विद्यार्थी भएको कारण प्रअलाई कमजोर बनाउन चलखेल

रणभूमी मंगलबार, आश्विन १२, २०७८

विराटनगर / असाेज १२, विराटनगर -१३ स्थित ताजुल इस्लाम नमुना आधारभूत विद्यालय ( मदरसा) का व्यवस्थापन समितिका अध्यक्ष हैदर अलीले किर्ते हस्ताक्षर गरेर शिक्षक नभएकालाई प्रधानध्यापकमा नियुक्ति गरेर लाखौं रूपैयाँ हिनामिना गरेको पाइएको छ ।

अलीले एक्लौटि तरिकाले विद्यालयको लेटरप्याट दुरूपयोग गरि किर्ते हस्ताक्षर संकलन गरेर शिक्षक नभएका मो. जाविदलाई प्रअमा नियुक्ति गरेर मदरका लाखौं रुपैयाँ हिनामिना गरेको पाइएको हो ।

अलीले २०७६ साल चैतमा मदरसामा मो. जाविदलाई नियुक्ति गरेको खुलेको छ । अध्यक्ष अलीले व्यवस्थापन समितिको अन्य सदस्यहरू, विराटनगर १३ का वडाअध्यक्ष झरीलाल महतोसमेतको किर्ते हस्ताक्षर गरेर मदरसाको प्रअमा नियुक्ति गरेका हुन् ।

अलीले किर्ते हस्ताक्षर संकलन गरेर प्रअमा नियुक्ति भएको पत्र र व्यवस्थापन समितिको निर्णायको पत्रको आधारमा विराटनगर महानगरपालिकाको शिक्षा शाखाले २०७७ सालको असार ३० गते मो. जावेदलाई नियुक्त गरेको थियो ।

गैर कानुनी तरिकाले प्रअमा नियुक्ति भएपछि म. जावेद र व्यवस्थापन समितिका अध्यक्ष हैदर अलि मिलेर मदरसामा आएको अनुदान रकम र १२ जनाको शिक्षक तलब पनि हिनामिना गरेको पाइएको छ । जावेद र अली मिलेर मदरसाको १० लाख रुपैयाँ हिनामिना गरेको आरोप छ । अली र जावेदले लाखौं रूपैयाँ हिनामिना गरेपछि १२ जना शिक्षकले दुई वर्षदेखि तलब नपाएको मदरका शिक्षक सम्सतबरेजले जानकारी दिए ।

व्यवस्थापन समितिका बहुमत सदस्यहरुले अलीलाई व्यवस्थापन समितिको अध्यक्षबाट २०७६ सालको माघ ११ गतेको निर्णायबाट हटाएको थियो । तर पनि अली र जावेदले एकलौटी तरिकाले विद्यालयको लाखौं रुपैयाँ हिनामिना गरेको मदरका शिक्षकहरु बताउँछन् । किर्ते हस्ताक्षर प्रयोग गरेर लाखौं रुपैयाँ हिनामिना गरेपछि व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरू मिलेर अहिले उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेको छ । समितिले अली र जावेद विरूद्ध अदालतमा ‘किर्ते जालसाद र आर्थिक हिनाहिना’ मुद्दा दायर गरेको छ । यो मुद्दा अदालतमा बिचारधिन रहेको छ ।

यसरी किर्ते हस्ताक्षर प्रयोग गरि विद्यालयको लाखौं रुपैयाँ हिनामिना गरेको वडा कार्यालय, विराटनगर महानगरपालिकाको शिक्षा महाशाखा र स्थानिय प्रशासनलाई जानकारी गराउँदा पनि चासो नदेखाएको शिक्षकहरू बताउँछन् ।

‘हैदर अली र मा. जावेदले किर्ते हस्ताक्षर गरि विद्यालयको लाखौं रूपैयाँ हिनामिना गरेको प्रमाण सहित उजुरी गर्दा पनि सम्बिन्धित निकायले ध्यान नदिएपछि हामीले अदालतको साहरा लिन बाध्य भयौ,’ शिक्षिका रम्भा पण्डितले भनिन्, ‘प्रशासनबाट नपाएको न्याय अदालतबाट पाउनेमा हामी आशाबादी छौं ।’ कक्षा आठसम्म पढाइ हुने उक्त विद्यालयमा १ सय ३५ जना हिन्दु, मुस्लिम दुवै धर्मका विद्यार्थीहरु अध्ययरत छन् ।

यता विराटनगर १३ का वडाअध्यक्ष झरीलाल महतोले निस्काशित अध्यक्ष अलीको बैठकमा आफु नगएको र कुनै पनि निर्णायमा हस्ताक्षर नगरेको बताएका छन् ।

‘गत जेठ २ गते मदरसाको नाममा पत्र काटदै वडा अध्यक्ष महतोले भनेका छन्, ‘बैठकको निर्णाय पुस्तिकामा मेरो हस्ताक्षर रहेको भन्ने बुझिएकोमा मैले हालसम्म उक्ति पुस्तिकामा सक्कल देख्न नपाएको र सोको छायाप्रति हेदा उक्त मेरो नाममा भएको कही हस्ताक्षर मेराे नभएको भन्ने कुरामा म विश्वसत छु ।’

मदरसामा जम्मा १२ जना शिक्षक मध्ये ९ जना शिक्षक हिन्दु र ३ जना शिक्षक मुस्लिम समुदायको रहेको हुनाले तथा अध्यनरत १ सय ३५ विधार्थी जनामा हिन्दू मुस्लिम दुवै धर्मका विद्यार्थीहरु समावेशी रुपमा रहेको हुनाले पनि अनेक जुक्ती लगाई पावर र पहुँचको भरमा ताजुल इस्लाम नमुना आधारभूत विद्यालय ( मदरसा ) को प्रअ मौलाना समसुल हकलाई बद्नाम गरी हटाउने कार्य गरिरहेको शिक्षकहरूको भनाई रहेको छ । हरेक समुदायको धर्ममा धर्मगुरुहरुको बस्ने स्थान धार्मिक स्थल मन्दिर, मस्जिद / मदरसा, चर्च नै हुनेगरेको छ तर ताजुल इस्लाम नमुना आधारभूत विद्यालय ( मदरसा ) मा बस्ने शिक्षक मौलाना हकको कोठाको बिषयमा समेत हैदर अलीले विवाद ल्याउन खोजेर विवादमा ल्याउने प्रयास गरिसकेको प्रअ बताउँछन ।

हैदर अलिले किर्ते हस्ताक्षर गरेका शिक्षा अधिकृत दुर्गा प्रसाद खतिवडा र वडा अध्यक्ष झरिलाल महतोको किर्ते हस्ताक्षर गरी भ्रष्टाचार गरेकाे प्रमाण हुँदा हुँदै पनि बिद्यालय तथा शिक्षकहरुले न्याय नपाउनु र खतिवडा र महतोको तर्फ बाट दोषि उपर कुनै प्रकारको कारवाही नगर्नुले कही कतै दुवै जनाको संलग्नता भएको अनुमान गर्न सकिन्छ ।

कोरोना भाईरस कोबिड्-१९ को महामारीले समेत प्रभावित भएका ताजुल इस्लाम नमुना आधारभूत विद्यालय ( मदरसा ) का प्रअले यस वर्ष आफ्ना विद्यालयमा रहेका शिक्षकहरुलाई यस वर्ष तलब खुवाउने वातावरण समेत बनोस् भनी महानगर पालिका, जिल्ला प्रशासन कार्यालय तथा सम्मानिय अदालतको समेत चक्कर लगाईरहेको प्रअ बताउँछन् ।

यहाँ कमेन्ट गर्नुहोस्