१६ चैत्र २०८०, शुक्रबार
Tags

ईलाका प्रहरी कार्यालय रानी द्वार मन्दिरमा सरसफाई, मातहतको प्रहरी चौकीहरु पनि सहभागि

रणभूमी शनिबार, आश्विन १६, २०७८

बिराटनगर / असाेज १६, ईलाका प्रहरी कार्यालय रानी तथा मातहतका प्रहरी चौकीहरुले बिराटनगर १४ स्थित मण्ठ पोखरी लगायत मन्दिर वारपर सरसफाई कार्यक्रम गरेका छन् ।

ईलाका प्रहरी कार्यालय रानी बाट प्रनी प्रकाश राउतको नेतृत्वमा सीमा प्रहरी चौकी रानी, ईलाका प्रहरी कार्यालय बुद्धनगर, अस्थाई प्रहरी पोस्ट मटीयारुवा र अस्थाई प्रहरी पोस्ट रेलवे बाट खटेको इन्चार्ज सहितको प्रहरी टोलीहरुले सर सफाई कार्यक्रम गरेको हो ।

चाडपर्वलाई लाई लक्षित गरेर मठ मन्दिरहरुमा ठूलो संख्यामा श्रद्धालु भक्तजनहरू पूजा पाठको निम्ती मन्दिर जाने हुनाले प्रतेक शनिवारको दिन विहानको समयमा सरसफाई कार्यक्रम सुरुगरिएको प्रनि राउतले बताएका छन । अहिले प्रहरीले सुरु गरेको सरसफाई कार्यक्रममा बिस्तारै बिस्तारै संघसंस्था, सामाजीक अभियान्ताहरु पनि जोडिदै जाने विश्वास रहेको उनले बताए ।

यही सरसफाईको कार्यक्रमलाई निरन्तरता दिँदै आउने शनिवार बिराटनगर १६ स्थित दुर्गा मन्दिरमा कार्यक्रम आयोजना गर्ने बताएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्