१६ चैत्र २०८०, शुक्रबार
Tags

जडिबुटीको अबैध रुपमा कारोबार गर्ने व्यक्ति सहित साढे ८३ किलो पक्राउ

रणभूमी शुक्रबार, आश्विन २२, २०७८

काठमाण्डौ / अवैध रुपमा जडिबुटीको कारोबार गर्ने एक जना व्यक्ति सहित महानगरिय अपराध महाशाखाको टोलीले ८३ किलो ५०० ग्राम जडिबुटी सहित एक जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

अबैध रुपमा सतुवा जस्तो देखिने जडिबुटीको कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा खोजी गर्दै जाँदा २० गते महाशाखाको बिशेष प्रहरी टोलीले पक्राउ गरेको हो । काठमाण्डौ जिल्ला तार्केश्वर न.पा.९ ईन्द्रायणी पुल स्थित नर्थ पोल एकेडेमिको कम्पाउण्ड भित्र चमेना गृह क्यान्टिन सञ्चालन गरि बस्ने रबिन्द्र कुमार राईले बिक्री बितरण गर्ने उद्धेश्यले लुकाई छिपाई राखेको अवस्थामा कोठा खानतलासी गर्दा ८३.५ के.जि. सतुवा जस्तो देखिने जडिबुटी सहित पक्राउ गरेकाे महाशाखाले जनाएको छ ।

पक्राउ परेका सोलुखुम्बु महाकुलुङ गा.पा.वडा नं.३ घर भई हाल तार्केश्वर न.पा.वडा नं.९ ईन्द्रायणी पुल बस्ने वर्ष ३३ को रबिन्द्र कुमार राईलाई आवश्यक कारवाहीको लागि अाज जडीबुटी सहित वन डिभिजन कार्यालय काठमाण्डौंलाई बुझाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्