०७ बैशाख २०८१, शुक्रबार
Tags

मध्यरातमा साहेबगंजमा सांस्कृतिक कार्यक्रम दश हजार बढी दर्शक सहभाग

रणभूमी सोमबार, कार्तिक ०१, २०७८

सुनसरी / कार्तिक १, सुनसरीको साहेबगंजमा संस्कृति र परम्परा जोगाउँदै कोरोना महामारीलाई भुलाएर यस बर्ष पनि स्थानियको पहलमा बडा दशैं (टिका) को भोलिपल्ट देखी आयोजना गरेको सांस्कतिक कार्यक्रममा सबै उमेर समूहका वृद्ध वृद्धा, महिला पुरुष, युवा युवती, किशोर किशोरी तथा बालबालिका हरुको ठुलो संख्यामा सहभागिता रहेको छ ।

दशैं तिहारको अवसरमा धेरै अगाडिदेखि हरेक वर्ष रात्रिको समयमा साहेबगंजमा यस्तै सांस्कृतिक कार्यक्रम आयोजना गरी गाउँका सबै सहभागि भएर वर्ष भरीको दुःख पिडा बिर्सेर मनोरञ्जन गर्नेगरेका छन् ।

गाउँमा सांस्कृतिक कार्यक्रम गर्दा स्थानिय कलाकारहरुलाई पहिलो प्राथमिक्तामा राखेर कार्यक्रम गर्नेगरेको स्थानिय कलाकार शत्रुघन साहले बताए । साह यस्ता कार्यक्रममा धार्मिक चेतनामुलक नाटक प्रदर्शन गरेर अभिनय गर्ने कलाकार पनि हुन । गाउँमा कार्यक्रम गर्दा महाभारत, शिव पुराण, विष्णु पुराण, अल्हा रुदल जस्ता पौराणिक लोकप्रिय नाटक प्रदर्शन गर्ने तथा स्थानिय बाल कलाकार र युवा युवतीहरु मञ्चमा नृत्य अभिनय गरेर मनोरञ्जन गर्नेगरेको छ ।

हरेक वर्ष हुँदै आएको कार्यक्रम अहिले परम्परा सरह भईसकेको छ । कोरोना महामारीको कारणले गर्दा अघिल्लो वर्ष कार्यक्रम हुन् नसकेको कारणले पनि यस वर्षको कार्यक्रममा भारत लगायत सुनसरीको देवानगंज गाउँ पालिका, बर्जु गाउँ पालिका गरी १० हजार भन्दा बढी दर्शकहरु स्वयंसेवक तथा सुरक्षाकर्मीको कडा सुरक्षा घेराभित्र कार्यक्रम संञ्चालन गरेका हुन । कार्यक्रममा रामानन्द साह, प्रतिभा साह, सरीचन साह, सागर देव लगायतका कलाकारहरुले आफ्नो प्रस्तुति देखाएका थिए ।कार्यक्रममा रामानन्द साह, क्रान्ति साह, प्रतिभा साह, सरीचन साह, सागर देव लगायत नवदुर्गा नाट्य परिषदका कलाकारहरुले आफ्नो प्रस्तुति देखाएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्