१६ चैत्र २०८०, शुक्रबार
Tags

किराना सामान भित्र हालेर हुन्छ पटेकाको क्यारिङ्ग

रणभूमी आइतबार, कार्तिक ०७, २०७८

बिराटनगर / नजिक आउँदै गरेको तिहारको निम्ती व्यापारीहरूले किरानाको सामान बोक्ने क्यारिङ्ग गर्नेहरुको प्रयाेग गरेर जोगबनी बाट पटेकाहरु बिराटनगर भित्र्याउने काम गरिरहेका छन् ।

शनिवार साँझ साईकलमा खाद्यान्न सामग्री क्यारिङ्ग गर्ने दुई महिलाको सामान बिराटनगर भन्सार कार्यालयको प्राङ्गणमा सशस्त्र प्रहरीले चेक जाँच गर्दा खोर्सानीको झोला भित्र लुकाई ल्याएको प्रतिवन्धित पटेकाहरु बरामद गरेका थिए । यसरी भिडभाडको मौका पारेर क्यारिङ्ग गर्नेहरु घरायसी सामनभित्र हालेर परेकाहरु विराटनगर लगायत अन्य ठाउँहरु सम्म पुर्याउने गरेका छन् ।

पारी बाट नेपाल आउँदै गर्दा महिलाहरूले सशस्त्र प्रहरीलाई प्रलोभन दिन खोज्दा सशस्त्र प्रहरीले प्रलोभनमा नपरी सामान चेक जाँच गरेको थियो । चिनी, भुजिया, लेज लगायतको सामानहरु रहेको झोला चेक जाँच गर्दा केही पनि नभेटेपछि साईकलमा झुन्ड्याएको सुकेको खोर्सानीको भित्र राखेको केही बन्डल पटेकाहरु फेला पारेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्