१५ चैत्र २०८०, बिहिबार
Tags

जोगबनीमा नेपालीहरूको पकेटमारेर बिचल्ली बनाउने तीन महिला पक्राउ

रणभूमी शनिबार, कार्तिक १३, २०७८

बिराटनगर / नेपाल बाट किनमेलको लागि पारीको बजार जोगबनी जाँदा चोरी पकेटमारीको घट्ना बढे पछि एक पिडितले दिएको जानकारी आधारमा सीमा प्रहरी चौकी रानीले शनिवार दिउँसो तिनजना पकेटमार महिलाहरुलाई पक्राउ गरेकाे छ ।

पक्राउ परेकी महिलाहरु ठाउँ ठाउँमा पाल टाँगेर बस्ने समुदायको महिलाहरु भएको र भीडभाड भएको ठाँउहरुमा चोरी पकेटमारी गर्ने गरेको खबर पाए पछी सीमा प्रहरी चौकी रानीको प्रनानि दिल्ली बहादुर देवकोटाको टोलीले सूचक खाटाई सूचकको सूचनाको आधारमा बिराटनगर १६ स्थित नेपाल भारत बीचको चेप बाट केही नगद रकम सहित पक्राउ गरेकाे हाे ।

सइ देवकोटाले पाएको जानकारीको आधारमा आफ्नो टोलीलाई परिचालन गरी चोर्ने महिलाहरुलाई पक्राउ गरेकाे थियो । कही लामो समय एकै ठाउँमा नबसी विभिन्न ठाउँहरूमा पाल टाँगेर समूहमै बस्ने ती महिलाहरु बुझवा धामी, पिंकी धामी र किनारी धामी रहेकी छिन् । ती महिला हरु मध्ये दुई को साथमा काखमा खेल्ने दूधे बच्चा र एक को साथमा एक जना अन्दाजी दश वर्षको बालक रहेको थियो । तीनैजना महिलाहरूले विभिन्न व्यक्तिहरूको पकेट, पर्स मारेर सङ्कलन गरेको १० हजार ९ सय ५५ रुपैया नगद र एक थान सादा नोकिया मोबाईलसेट समेत प्रहरीले फेलापरेपछि आबश्यक कार्वाहीको लागि इलाका प्रहरी कार्यालय रानीलाई बुझाएको छ ।

यस्ता चोर्नेहरुको समुह निकै ठुलो रहेको र आफूले चोरेको सामानहरु आफ्नै समुहको कसैलाई जम्मा लगाई पुनः चोर्न हिन्ने गर्छन् ।

नेपालको टाढा टाढा बाट किनमेलको लागि पारी गएर चोरीको सिकारहुनेहरूको तत्काल बिचल्ली हुनेगरेको सीमावर्ती एरियाका स्थानीयहरु बताउँछन् ।

यहाँ कमेन्ट गर्नुहोस्