१६ चैत्र २०८०, शुक्रबार
Tags

बिओपी दरैया द्वारा पटका बरामद, बुद्धिजीवी र जनप्रतिनिधिको हात बाट नष्ट

रणभूमी आइतबार, कार्तिक १४, २०७८

बिराटनगर / तिहारमा व्यापारिक प्रयोजनको लागि नेपाल ल्याउँदै गरेकाे प्रतिबंधित विष्फोटक पदार्थ आतिसवजी पटकाहरु सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट दरैया मोरङ्गको टोलीले पक्राउ गरी नष्ट गरेका छन् ।

शनिवार राति ८ बजेको समयमा भारतको जोगबनी बाट प्रतिबंधित पटकाहरु दुई वटा कार्टुनमा हालेर नेपाल ल्याउँदै गरेकाे बेला बिओपी दरैया बाट खटेको डिउटी टोलीले पक्राउ गरेको थियो । पक्राउ गरेकाे पटका हरुमा खोर्सानी पटका २ सय ५० प्याकेट, झिरझिरे ९४ प्याकेट, फ्लावर पटका २५ प्याकेट, भुई चम्पा (चक्र) १० प्याकेट, रकेट ठुलो १० प्याकेट, सानो ३ प्याकेट र डबल साउन्ड पटका २ प्याकेट गरी जम्मा १ लाख १० हजार मूल्य बराबरको पतकाहरू पक्राउ गरी आज बिहान स्थानिय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजिवी, नेपाल प्रहरी र पत्रकारको रोहवरमा खाल्डो खनी सशस्त्र प्रहरीले पटका नष्ट गरेका छन् ।

पटका नष्ट गर्दा सबै पटकाहरू रोहवरमा बस्केका जनप्रतिनिधिहरुकै हाथ बाट पटकाहरु पानी भरेको खाल्डोमा हाल्न लगाई माटोले पुरेर नष्ट गरेका हुन ।

पटका नष्ट गर्ने क्रममा तिहारमा प्राय पटका र आतिसबाजीले गर्दा अन्तर्राष्ट्रिय रुपमै धेरै दुर्घटनाहरु हुने गरेको छ त्यस्तो प्रकारको दुर्घटना रोक्न सशस्त्र प्रहरीले गरेको कामको प्रशंसा गर्दै नेपाली हरुलाई तिहारमा आपसी सदभाव बढाएर आतिसबाजीमा पैसा नफ्याक्न आग्रह बिराटनगर १६ का जनप्रतिनिधि अशोक मण्डलले गरेका छन् । त्यसै गरी अर्का जनप्रतिनिधि श्याम मण्डल ले पनि लक्ष्मी भित्रयाउने बेला अनावश्यक रुपमा रुपैयाँ पैसाको दुरुपयोग नगरी दुर्घटना बाट जोगिने संदेश दिएका छन् । सोही क्रममा महानगर सदस्य-जनता समाजवादी पार्टीको युवा नेता तथा समाजसेवी विकास मण्डलले पनि चाड पर्वमा आपसी सदभाव बनाउँदै प्रेम भाव बाड्न र गरीब दिन दुखीको सेवा गरेर पटकमा खर्चिने पैसा गरीबलाई सहयोग गरेर मनाउने संदेश दिएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्