 
									रणभूमी मंगलबार, कार्तिक १६, २०७८
 
बिराटनगर / तिहारको लागि अबैध रुपमा भारतको जोगवनी बाट ल्याउदै गरेकाे अन्दाजी मूल्य ५० हजार भन्दा बढी मूल्य पर्ने तीन पोका प्रतिबंधित आतिसबाजी पटकाहरु सीमा प्रहरी चौकी रानीको टोलीले पक्राउ गरी कार्वाही प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय रानीलाई बुझाएको छ ।
आज दिउँसो जोगबनी बाट दरैया बस्तीको बाटो भएर ट्याम्पुमा लिएर बखरीको बाटो भई लैजाँदै गर्दा सीमा प्रहरी चौकी रानीबाट प्रनानि दिल्ली बहादुर देवकोटाको नेतृत्वमा खटेको टोलीले प्रसनीको सहयोगमा घेरेर उक्त पटकाहरु पक्राउ गरेको हो । पटका पक्राउ गर्ने बित्तिकै कारवाही प्रक्रिया तथा नष्ट गर्न भनी इलाका प्रहरी कार्यालय रानीलाई बुझाएका छन् ।
 
यहाँ कमेन्ट गर्नुहोस्
						
					 
 
								 
								 
								 
								 
								 
								 
								